४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

अरुण तेस्रो परियोजनाः सुरुङ मार्ग र विद्युत् गृहको शिलान्यास

अरुण तेस्रो परियोजनाः सुरुङ मार्ग र विद्युत् गृहको शिलान्यास
अ+ अ-

– सुजन बज्राचार्य

सङ्खुवासभा, १४ मङ्सिर: पाँच वर्षमा जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको शिलान्यास गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिशकुमार शर्माले मङ्गलबार चिचिला गाउ“पालिकामा पर्ने पुखुवामा विद्युत् गृह निर्माणको शिलान्यास गर्नुभयो ।

उहाँले तोकिएको समयमा अरुणबाट बिजुली निकालिसक्ने बताउनुभयो । बाँध क्षेत्रमा पनि धमाधम काम भइरहेको उहाँले बताउनुभयो । बाँध क्षेत्रबाट सुरुङ मार्गको काम तीव्र गतिमा भएको छ ।

प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार १२६ मिटर सुरुङ निर्माण भइसकेको छ । “सुरुङ ११ दशमलब ७४ किलोमिटर निर्माण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “हामीले काम अघि बढाइसकेका छौँ ।” छ्याङकुटीबाट विद्युत् गृहसम्म एक महीनाअघि कच्ची सडक पुगिसकेको छ । खाँदबारीबाट बाँधस्थलसम्मको सडक स्तरोन्नति भइसकेको छ ।

सन् २०२२ मा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको सतलजले निर्माणको काम अब नरोकिने जनाएको छ । सङ्खुवासभा, भोजपुर र खोटाङ हुँदै प्रशारण लाइन लगिने छ । प्रशारण लाइनमा निर्माण गरिने ५०१ वटा टावरको पनि काम शुरु भइसकेको छ ।

आयोजनाको सडक निर्माणको काम अन्तिम चरणमा छ कच्ची सडक विद्युत् गृह स्थल पुगिसकेको छ, त्यसलाई चौडा बनाउने काम भइरहेको छ, पूर्वाधार निर्माणका काम पनि अघि बढिसकेको छ । आयोजना स्थलमा भौतिक संरचना निर्माण थाल्नुअघिको सम्पूर्ण प्रक्रिया पनि पूरा भइसकेको छ ।

भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येको एक अरुण तेस्रोका लागि जग्गा अधिग्रहणको काम सकिएको जिल्ला प्रशासनले जनाएको छ । सेना बराह दल गुल्मको सुरक्षामा विस्फोटक पदार्थ राखिएको छ । सुरुङका लागि विस्फोटका काम भइरहेको सतलजले जनाएको छ । अब चार स्थानबाट सुरुङको काम अघि बढेपछि अझै तीव्रता पाउनेछ ।

मकालु गाउ“पालिकामा निर्माण हुने आयोजनाका लागि छ्याङ्कुटीबाट दिदिङको पुखुवा र बाँध स्थलबाट विद्युत् गृह जाने लिङ्क रोड निर्माण भइसकेका र पा“चवटा पक्की पुलमध्ये अधिकांशको काम सकिएको छ । कामले गति लिएपछि जिल्लाको विकास निर्माणमा नया“ आयाम थपिने विश्वास स्थानीयवासीले गरेका छन् ।

छ्याङकुटीबाट पुखुवा विद्युत् गृहसम्म २८ दशमलब ६९ किमी सडक निर्माण भइसकेको छ । फ्याक्सिन्दाबाट सुन्तलेसम्मको साढे १४ किमीमध्ये साढे ११ किमी सडकमध्ये केही मिटर मात्र खन्न बा“की रहेको आयोजनाले जनाएको छ ।

“कामको गति निक्कै अघि बढेको छ”, नुमका दुर्गाबहादुर पराजुलीले भन्नुभयो, “बाँधस्थलबाट विद्युत् गृह जाने सुरुङको काम अघि बढेपछि झनै आशावादी भएका स्थानीय बासिन्दामा अरुणमा उत्पादन भएको बिजुली छिट्टै बाल्न पाउने आश जागेको छ, अहिले पनि उक्त क्षेत्रका बासिन्दा सोलारको धिपधिपे उज्यालोमै छन् ।

अरुण प्रभावित क्षेत्रका स्थानीयवासीले अझैसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न पाएका छैनन्, अन्धकारमा बस्दै आएका छन् ।”

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार छ्याङकुटी पुखुवा सडकमा पनि स्थानीयवासीको मागअनुसार मुआब्जा वितरण गरिसकिएको छ । यो क्षेत्रका साढे चार किलोमिटर सडक आसपासका स्थानीयवासीलाई करीब सात करोड मुआब्जा वितरण गरेको उहाँले बताउनुभयो । १९ परिवारलाई मुआब्जा वितरण गरिएको हो । छिट्फुट बाँकी रहेकालाई पनि दिने तयारीमा छाैं, बाँकी रहेकाका लागि मुआब्जा वितरणको प्रक्रियामा छौँ ।

यसअघि पनि जिल्ला प्रशासनले २५८ परिवारलाई मुआब्जा वितरण गरिसकेको छ । उनीहरुलाई रु एक अर्ब ९५ करोड २५ लाख ३७ हजार १०५ वितरण गरिसकेको छ । ११ परिवारलाई रु चार करोड ८५ लाख वितरण गर्न बाँकी छ ।

मुआब्जा लिन नआएका ११ परिवारलाई पनि वितरण गरिने प्रक्रियामा छन् । विदेशिएका, जग्गा रोक्का भएका र जग्गा दर्ता नगरेका कारण उनीहरुले मुआब्जा नपाएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो ।(रासस)