४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

नेकपाका कर्मचारी सङ्गठनबीच एकता

नेकपाका कर्मचारी सङ्गठनबीच एकता
अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः नेपाल विद्युत् प्राधिकरणका त्रियाशील तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) निकट रहेका दुई कर्मचारी सङ्गठनबीच आज एकता भएको छ ।

प्राधिकरणमा आज आयोजित कार्यक्रममा तत्कालीन एमाले निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन र तत्कालीन माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त) बीच एकीकरण भएको हो ।

सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीबीच एकता भएको यो पहिलो पटक हो । दुई पार्टीबीच एकता भए पनि जनवर्गीय सङ्गठनहरुमा एकता हुन नसकिरहेका बेला प्राधिकरणमा स्वस्फूर्त रुपमा आज एकता भएको हो । एकतापछि नयाँ सङ्गठनको नाम ‘नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन’ राखिएको छ ।

सो युनियनका संयोजकमा तत्कालीन युनियनका अध्यक्ष रामेश्वर पौडेल तथा सहसंयोजकमा सङ्ठनका अध्यक्ष खगेन्द्र शाही रहनुभएको छ । निकट भविष्यमा नै एकता महाधिवेशनको आयोजना गरेर केन्द्रीय समिति पाँच सदस्यीय बनाइने सहसंयोजक शाहीले जानकारी दिनुभयो । एकता घोषणा समारोहलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, नेकपाका नेता लीलामणि पोखरेल, वसन्त नेम्वाङ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुभकामना दिनुभएको थियो ।

मन्त्री पुनले प्राधिकरणलाई व्यावसायिक, मर्यादित एवं प्रभावकारी बनाउन कार्यरत कर्मचारीको प्रभावकारी भूमिका हुने बताउनुभयो । उहाँले प्राधिकरणप्रति पछिल्ला दिनमा नागरिकको सकारात्मक सद्भाव सञ्चार भएको छ भन्दै त्यसलाई कायम राख्दै थप व्यावसायिक बन्न लाग्नुपर्नेमा जोड दिनुभयो । दुई सङ्गठनबीच एकता भएपछि प्राधिकरणमा क्रियाशील सङ्गठनको सङ्ख्या तीन हुन पुगेको छ ।