१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसुवाखाेला र प्राधिकरणबीच विद्युत् खरीद सम्झौता



अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र कसुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सिइडिबी हाइड्राे फण्डको सहायक कम्पनी कसुवाखोला जलविद्युत् कम्पनीबीच आज विद्युत् खरीद सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कसुवाखोलाका प्रबन्धक सुस्मित शर्मा भट्टराईले हस्ताक्षर गर्नुभएको छ । आयोजनाबाट उत्पादित विद्युत् वर्षाको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।

आयोजनाको कूल लागत रु १० अर्ब रहनेछ । आयोजनालाई अर्धजलाशययुक्त बनाउने प्रवद्र्धकले जनाएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने तयारी प्रवद्र्धकले गरेका छन् ।

सो आयोजनाबाट २५९.५९२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् कसुवा–तुम्लिङटार १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको तुम्लिङटार सबस्टेशनमा जोडिने छ ।