४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

सामाजिक सुरक्षा योजना दूरगामी महत्वको निर्णय: प्रचन्ड

सामाजिक सुरक्षा योजना दूरगामी महत्वको निर्णय: प्रचन्ड
अ+ अ-

कावासोती, १४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे बताउनुभएको छ ।

नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सुरक्षा भत्ता जनता र श्रमिकले पाउने हुँदा सरकारको यो कदम दूरगामी महत्वको भएको बताउनुभयो ।

“सामाजिक न्याय, समाजिक सुरक्षाको दृष्टिकोणले र समाजवादको आधार तयार पार्ने दृष्टिकोणले यस कार्यक्रमले कोशेढुंगाको भूमिका खेल्नेछ,” पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “सबैले कुनै न कुनै रुपले देश र जनताको प्रगतिका निम्ति गरेको योगदानको मूल्याङ्कन राज्यले गर्ने एउटा नयाँ परिपाटी र संस्कारको थालनी भएको छ ।”

एक वर्षको अवधिमा पूर्वाधार विकासको प्रक्रिया थालनी, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, ऐनहरु निर्माणलगायत काम भएकाले अहिल्यै केही भएन भनेर टिप्पणी हुनु गलत भएको बताउँदै उहाँले अबको चार वर्षमा घोषणापत्रमा उल्लेख गरेअनुसार काम गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अबको चार वर्षमा कम्तीमा पनि पूर्वपश्चिम रेल चल्ने वातावरण बनाइने, नारायणीमा जलमार्ग, केरुङ–काठमाडाैं–लुम्बिनी र रक्सौल–काठमाडाैं रेलमार्ग चल्ने स्थिति बनाउनतिर आफूहरुको प्रयत्न हुन्छ ।”

अध्यक्ष दाहालले हुलाकी राजमार्ग सञ्चालनमा आउदा नवलपुर र चितवनका जनताको जीवनमा गुणस्तरीय परिवर्तन आउने बताउँदै यसको छिटो निर्माणको प्रक्रिया थाल्न तत्पर रहेको बताउनुभयो ।

उहाँले पहिलोचोटि उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहाबाट तेस्रो देशसँग व्यापार गर्न दिने सहमति गरेको बताउँदै यो नेपालका लागि ठूलो परिवर्तन भएको बताउनुभयो । “केरुङ–काठमाडौँ–लुम्बिनीसम्मको रेलको अध्ययन भएको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको अर्थराजनीतिमा यसले धेरै ठूलो महत्व राख्नेछ ।”

यस्तै भारतसँगको सम्बन्धमा सकारात्मक हुँदै गएको बताउँदै उहा“ले वर्षांैदेखि विराटनगरमा रहेको भारतको ‘फिल्ड अफिस’ हट्नुले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

भारतसँग दक्षिणी सीमामा बनाइने बाँधका विषयमा भएको सहमति तथा रक्सौल–काठमाडाैं रेल सञ्चालनको पहल शुरु हुनुले सकारात्मक सन्देश देखिएको अध्यक्ष दाहालको भनाइ छ ।

पार्टी एकता, कम्युनिस्टको बलियो सरकार, राजनीतिक स्थायित्वका कारण नै यस्ता सकारात्मक सङ्केतहरु देखिएको उहाँले उल्लेख गर्नुभयो ।