• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

दार्चुलाका विद्यार्थी मनिशले ड्राेन बनाए, परीक्षण सफल



ड्रोन क्यामरा
महेन्द्र नमूना उमावि खलंगामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मनिश जोशीले स्थानीय सामग्रीको प्रयोग गरेर ड्रोन क्यामरा बनाएका छन । गत वर्ष राष्ट्रिय प्रतिभा पहिचान प्रतियोगितामा बम डिस्पोजल सामग्री बनाएर देशभरमा तृतीय स्थान हासिल गर्नुभएका जोशीले यसपटक विद्यालयमा भएको प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएका छन ।  तस्वीर: नरेन्द्रसिह कार्की दार्चुला (रासस)

दार्चुला, १५ मङ्सिरः महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् ।

विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि उनले सबैको ध्यान खिचेका छन् ।

रिमोट कन्ट्रोलको माध्यमबाट क्यामरालाई नियन्त्रण गरिने यस प्रविधिमा घरायसी वस्तुको प्रयोग गरिएको छ । “गुगलमा ड्रोन क्यामरा बनाउने प्रविधि हेरेरै एक हप्तामा क्यामरा तयार गरेको हँु”, जोशीले भन्नुभयो ।

सानैदेखि विज्ञान विषयमा रुचि रहेको र नयाँ खोज अनुसन्धानमा उनको रुचि छ । “विज्ञानमार्फत नयाँ प्रविधिमा रम्न रुचाउँछु”, उहाँले भन्नुभयो, “ड्रोन क्यामराको लागि चाहिने मोटर काठमाडाँैबाट मगाएर बनाएको हँु ।”

गत वर्ष प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत उनले दार्चुलामा भएको कार्यक्रममा बम डिस्पोजल सामग्री बनाएका थिए । जसको कारण जिल्लामा मात्र नभएरै प्रदेशमै उत्कृष्ट भएका थिए ।

जोशीले एकपछि अर्को विज्ञानमा देखाएको प्रदर्शनले विद्यालयको मात्र नभई समग्र जिल्लाको पहिचान गराएको विद्यालयका शिक्षक जयराज जोशीले बताउनुभयो ।

दुई चार वर्षयता विद्यालयमा प्रतिभावान विद्यार्थी देखिँदै आएका छन् । शुरुमा विद्यार्थीलाई विज्ञानमा खोजी गर्न आफँैले सामग्री व्यवस्थापनदेखि सबै क्रियाकलाप सिकाउनुपर्ने अवस्था थियो, तर हाल आएर विद्यार्थीले प्रतिस्पर्धात्मक रुपमा विज्ञानमा नयाँ प्रतिभा देखाइरहेका छन् ।

दुई वर्षअघि महेन्द्र नमूना मावि खलङ्गाका वीरेन्द्र बडाल र साहित्यमा गोविन्द डडालले राष्ट्रिय प्रतिभा पहिचानमा सहभागिता जनाएका थिए ।

गत वर्ष विद्यालयको तर्फबाट सहभागी भएका गणितमा धिरज भट्ट र विज्ञानमा मनिष जोशीले राष्ट्रिय प्रतिभा पहिचान कार्यक्रममा तृतीय स्थान हासिल गरेका थिए भने साहित्यमा राजेन्द्रप्रसाद बडूले सान्तवना स्थान हासिल गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले भन्नुभयो, “गत वर्षको भन्दा अझै परिस्कृत रूपमा विज्ञानमा नयाँ खोज भएको छ । यसपटक राष्ट्रिय प्रतिभा पुरस्कारमा पहिलो स्थान हासिल गर्ने गरी विद्यार्थीले मेहनत गरेका छन् ।