३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

प्रभावकारी बन्दै आयुर्वेदको क्षारसूत्र सेवा

प्रभावकारी बन्दै आयुर्वेदको क्षारसूत्र सेवा
अ+ अ-

–दिपक बोहरा
लमही, १५ मंसिरः दाङको मध्यपश्चिम क्षेत्रीय आयुर्वेदिक चकित्सालयमा सञ्चालनमा आएको क्षारसूत्र सेवा प्रभावकारी बन्दै आएको छ । वैशाखदेखि शुरु भएको क्षारसूत्र सेवा लिन दैनिक १०-१२ जना आउने गरेको चिकित्सालय प्रमुख डा रामकामेश्वर ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार दैनिक तीन-चारजनाको सफल शल्यक्रियासमेत हुने गरेको छ । ‘क्षारसूत्र सेवा लिन दैनिक १०-१२ जना सेवाग्राही आउनुहुन्छ’ उहाँले भन्नुभयो, “दैनिक तीन-चारजनाको सफल शल्यक्रिया हुने गरेको छ । अन्य स्वास्थ्य संस्थाभन्दा चिकित्सालयमा सस्तो मूल्यमा क्षारसूत्र सेवा प्रदान गरिँदै आएको डा ठाकुरले बताउनुभयो ।

अन्य निजी स्वास्थ्य संस्थामा क्षारसूत्र सेवा लिन १० हजारभन्दा बढी लाग्ने भए पनि चिकित्सालयमा दुई हजार मात्रै लाग्ने गरेको डा ठाकुरले बताउनुभयो । “निजी मेडिकलमा क्षारसूत्र सेवाका लागि १० हजारभन्दा बढी तिर्नुपर्छ” उहाँले भन्नुभयो, “तर हाम्रोमा दुई हजारमा मात्रै सेवा प्रदान गरिन्छ ।” चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर(गुदद्वारसम्बन्धी रोग), सिस्टलगायतका रोग निदान गर्दै आएको छ ।

क्षारसूत्र सेवा शुरु भएपछि आफू पायल्स, फिस्टुला, फिसर रोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही खेमराज रिजालले बताउनुभयो । ‘‘केही दिनअघि मैले पनि चिकित्सालयबाट क्षारसूत्र सेवा लिएको हुँ’’ उहाँले भन्नुभयो, “विगतमा काठमाडौँं, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।”

नयाँनयाँ सेवा विस्तार भएपछि चिकित्सालयमा बिरामीको सङ्ख्या बढेको छ । कुनै समय सुनसान बन्ने गरेको आयुर्वेद चिकित्सालयमा हिजोआज दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको प्रमुख डा ठाकुरले बताउनुभयो । ‘कुनै समय अस्पताल सुनसान थियो’ उहाँले भन्नुभयो, “तर सेवा विस्तार भएपछि हिजोआज अस्पतालमा चहलपहल बढेको छ ।”

दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या चिकित्सालय व्यवस्थित हुँदै गएपनि विशेषज्ञ डाक्टरको अभाव भने कायमै छ । पाँचजना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको चिकित्सालयमा अहिले एकजना मात्रै कार्यरत हुनुहुन्छ ।

चिकित्सालयमा कायोचिकित्सक, स्त्रीप्रसूति, जनरल विज्ञ र बालरोग विशेषज्ञको दरबन्दी छ । तर अहिले बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुर मात्रै हुनुहुन्छ । अन्य दरबन्दी भने रिक्त छन् । ‘‘दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामीलाई सेवा दिन समस्या भएको छ’’ उहाँले भन्नुभयो, “बिहानदेखि साँझसम्म एक्लै खटिनुपर्छ ।”

त्यस्तै दुईजना चिकित्सकको दरबन्दी रहेकोमा दुईवटै रिक्त छन् । सहायक आयुर्वेदमा दुईजना, ल्याब, अन्तरङमा भने दरबन्दी अनुसारका चिकित्सक रहेको डा ठाकुरले बताउनुभयो ।(रासस)