२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व माओवादी नेता सिपी गजुरेलको आरोप-‘अब केपी ओलीले श्री ५ ओली लेख्नेछन्’



अ+ अ-

१५ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुई तिहाई बहुमत देशका लागि अभिशाप सावित भएको दाबी गरेका छन् ।

ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था नरहेको भन्दै उनले अब आन्दोलन गर्नुको विकल्प नभएको बताए । ‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन । संविधानमै यस्तै ब्यवस्था छ’ उनले भने, ‘ओली तानाशाही र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भयो ।’

शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै क्रान्तिकारी माओवादीका नेता समेत रहेका गजुरेलले भने, ‘अहिले सरकार नयाँ युगको कुरा गर्दै पोलपोलमा फोटो राखिएको छ । अब श्री ५ केपी ओली सरकार लेख्न मात्रै बाँकी छ ।’

९ महिनामा केपी ओली सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको उनको आरोप छ । उनले भने, ‘वामपन्थी होइन, प्रतिक्रियावादी सरकार बन्यो ।’

राष्ट्रपतिले १८ करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नु बाहेक केही नभएको गजुरेलले बताए । जनताको सेवासुविधा वृद्धि गर्नुको साटो हेलीप्याडसहित राष्ट्रपति निवास बनाउन खोज्नु आफैंमा लज्जाको विषय भएको उनले बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष गजुरेलले अब आन्दोलनको आँधीबेहरी ल्याउने बेला भएको बताए । सरकारले गरेका गैरनैतिक कुरालाई दबाव दिन पनि आन्दोलन आवश्यक भएको भन्दै उनले देशभक्त गणतान्त्रिक मुक्ति मोर्चा बनाएर आन्दोलनको तयारीमा जुटेके बताए ।