२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य भोटेकोशीको आर्इपिओमा तीन गुणा बढीको आवेदन



अ+ अ-

काठमाडाैं, १५ मंसिर । मध्य भोटेकोशीको साधारण शेयर (आईपिओमा) मा ३.११ गुणा आवेदन परेको छ। कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता शेयर बिक्रीमा ल्याएकोमा तीन करोड ६३ लाख कित्ता बढीको आवेदन परेको कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार मंसिर १४ गते ३ बजेसम्ममा एक लाख ३५ हजार ९८६ वटा आवेदनबाट तीन अर्ब ६३ करोड ९५ लाख मूल्यको ३ करोड ६३ लाख ९५ हजार कित्ताको माग भएको छ । तथ्याङ्क संकलनको क्रम जारी रहेकोले उल्लेखित तथ्याङ्क अन्तिम नभएको बिक्री प्रबन्धकले जनाएको छ ।

मध्य भोटेकोशीले पहिलो चरणमा निष्काशन गर्ने एक करोड ४४ लाख कित्ता आईपिओमध्ये कात्तिक २८ गतेदेखि एक करोड १७ लाख कित्ता शेयर कर्मचारी सञ्चयकोषमा गत असोज २९ गतेसम्म रकम जम्मा गर्ने बचतकर्तालाई निष्काशन गरेको थियो । जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको थियो ।

आयोजनाले २७ लाख कित्ता शेयर भने संस्थापक शेयरधनी संस्थाका लागि २१ लाख र ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीहरुका लागि ६ लाख कित्ता शेयरमा मंसिर १८ देखि २६ गतेसम्म आवेदन खुला गर्नेछ ।

जसमा संस्थापक शेयरधनीहरुले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्म र ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीले ५० देखि अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउनेछन् ।