१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्या लाइफको ७०% हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत



अ+ अ-

काठमाडाैं, १५ मंसिर । सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। इन्स्योरेन्सले हकप्रद बिक्रीका लागि गत कार्तिक १२ गते बोर्डमा आवेदन दिएकोमा करिब एक महिना पछि अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०ः७ को अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता शेयर हकप्रद शेयर निष्काशन गर्नेछ । इन्स्योरेन्सले यस अघि नै शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।

सूर्या लाइफले यसअघि बिक्री गरेको ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनसपछि एक अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । ७० प्रतिशत हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्त्ता पूँजी पुर्याउन इन्स्योरेन्सले शेयरधनीलाई फेरि हकप्रदको भारी बोकाएको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दनी २२ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८१ पैसा र मुल्य आम्दानी अनुपात २३.७० गुणा बढी छ ।