१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुश्मिसेरा– बागलुङ बाटो छिटै पिच हुन्छ– सांसद डा.पाठक



अ+ अ-

बागलुङ, १६ मंसिर । नेकपाका सांसद डा. सूर्य पाठकले कुश्मिसेरा बागलुङ बाटो छिटै पिच हुने बताउनुभएको छ । जैमिनी नगरपालिकाको कुश्मिसेरामा अवस्थित शान्ति माध्यामिक विद्यालयको ५७ औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद डा.पाठकले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड रुपैयाँ र जैमिनी नगरपालिकाको एक करोड रुपैयाँ रकम गरी रु २ करोडले सो बाटो तुरुन्तै पिच थालिने जानकारी दिनुभएको हो । उहाँले त्यसका लागि डिपिआर तयार भैसकेको बताउदै अहिलेको बजेटले नपुगे आगामी बर्षको बजेट सहित बाट पनि २ बर्ष भित्रमा कुश्मिसेराबाट कालिगण्डकी करिडोरसम्म पिच गर्ने लक्ष्य रहेको बताउनुभयो । विकास निर्माणमा आफूहरु अग्रसर भएको भन्दै उहाँले चुनावका बेला जनताका विचमा गरेका प्रतिबद्धताहरु केही पुरा भएको र अझै पुरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्र शर्मा आचार्यको अध्यक्षतामा भएको सो समारोहमा प्रधानाध्यापक यम बहादुर जिसीले विद्यालयको गतिविधी प्रस्तुत गर्नुभएको थियो भने लेखापाल भुषण आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अवसरमा बिभिन्न प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुलाइ सांसद डा.पाठकले पुरस्कार वितरण गर्नुभएको थियो । त्यस अवसरमा उत्कृष्ट योगदान गर्नुभएका शिक्षकहरुलाई सम्मान गरिनुका साथै विद्यालयमा नवनिर्मित सभाहलको पनि उद्घाटन गरिएको थियो । कार्यक्रमको अवसरमा जैमिनी सङ्किर्तन समुहको भजन, विद्यार्थीहरुको नृत्य तथा कालाकारहरुको साँस्कृतीक प्रस्तुती समेत रहेको थियो ।

जनताको घर दैलोमै छु

सांसद डा. पाठकले निर्वाचित भएपछिको एक बर्षमा कानून निर्माणमा अगुवाई गरेको दावी पनि गर्नुभएको छ । बिकास निर्माण, जनताको घरदैलोमा पुग्ने र समस्या बारे बुझ्ने काम सोचे अनुसार गर्न नसके पनि आफूले जनताको घर दैलो नछोडेको उहाँले बताउनुभयो । गत हप्ता आफ्नो एकबर्षे कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्लाको समग्र बिकासका लागि पहल थालेको बताउनुभयो । उहाँले भन्नुभयो– के कति गर्न सकेँ कति सकिन सबैलाई थाहा छ तर मैले जनताको साथ छोडेको छैन, संसद बैठक बाहेक म राजधानी बसेको छैन । उहाँले अधिकांश समय जनतको घरदैलोमै पुगेर बिताउनुभएको छ । एक वर्षको अवधिमा आपूmले जिल्लामा गरेका कामहरु पनि उहाँले सो पत्रकार सम्मेलनमा प्रस्तुत गर्नुभएको थियो । निर्वाचनमा आफू विजयी भएपछि जनताको घर दैलोमा पुगेर आफ्ना मतदातालाई धन्यवाद र समग्र जनतालाई शुभेक्षा प्रदान गर्न पनि सांसद डा.पाठक मतमाग्न गएजस्तै पुनः जनताको घरदैलोमा जाने अभियानको शरुआत पनि उहाँले नै गर्नुभएको थियो । उहाँको यो अभियानबाटै देशका अरु जिल्लाका सांसदहरुले पनि सिकेर त्यसैगरी घरदैलो अभियान चलाएका थिए ।