३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

कुश्मिसेरा– बागलुङ बाटो छिटै पिच हुन्छ– सांसद डा.पाठक

कुश्मिसेरा– बागलुङ बाटो छिटै पिच हुन्छ– सांसद डा.पाठक
अ+ अ-

बागलुङ, १६ मंसिर । नेकपाका सांसद डा. सूर्य पाठकले कुश्मिसेरा बागलुङ बाटो छिटै पिच हुने बताउनुभएको छ । जैमिनी नगरपालिकाको कुश्मिसेरामा अवस्थित शान्ति माध्यामिक विद्यालयको ५७ औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद डा.पाठकले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड रुपैयाँ र जैमिनी नगरपालिकाको एक करोड रुपैयाँ रकम गरी रु २ करोडले सो बाटो तुरुन्तै पिच थालिने जानकारी दिनुभएको हो । उहाँले त्यसका लागि डिपिआर तयार भैसकेको बताउदै अहिलेको बजेटले नपुगे आगामी बर्षको बजेट सहित बाट पनि २ बर्ष भित्रमा कुश्मिसेराबाट कालिगण्डकी करिडोरसम्म पिच गर्ने लक्ष्य रहेको बताउनुभयो । विकास निर्माणमा आफूहरु अग्रसर भएको भन्दै उहाँले चुनावका बेला जनताका विचमा गरेका प्रतिबद्धताहरु केही पुरा भएको र अझै पुरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्र शर्मा आचार्यको अध्यक्षतामा भएको सो समारोहमा प्रधानाध्यापक यम बहादुर जिसीले विद्यालयको गतिविधी प्रस्तुत गर्नुभएको थियो भने लेखापाल भुषण आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अवसरमा बिभिन्न प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुलाइ सांसद डा.पाठकले पुरस्कार वितरण गर्नुभएको थियो । त्यस अवसरमा उत्कृष्ट योगदान गर्नुभएका शिक्षकहरुलाई सम्मान गरिनुका साथै विद्यालयमा नवनिर्मित सभाहलको पनि उद्घाटन गरिएको थियो । कार्यक्रमको अवसरमा जैमिनी सङ्किर्तन समुहको भजन, विद्यार्थीहरुको नृत्य तथा कालाकारहरुको साँस्कृतीक प्रस्तुती समेत रहेको थियो ।

जनताको घर दैलोमै छु

सांसद डा. पाठकले निर्वाचित भएपछिको एक बर्षमा कानून निर्माणमा अगुवाई गरेको दावी पनि गर्नुभएको छ । बिकास निर्माण, जनताको घरदैलोमा पुग्ने र समस्या बारे बुझ्ने काम सोचे अनुसार गर्न नसके पनि आफूले जनताको घर दैलो नछोडेको उहाँले बताउनुभयो । गत हप्ता आफ्नो एकबर्षे कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्लाको समग्र बिकासका लागि पहल थालेको बताउनुभयो । उहाँले भन्नुभयो– के कति गर्न सकेँ कति सकिन सबैलाई थाहा छ तर मैले जनताको साथ छोडेको छैन, संसद बैठक बाहेक म राजधानी बसेको छैन । उहाँले अधिकांश समय जनतको घरदैलोमै पुगेर बिताउनुभएको छ । एक वर्षको अवधिमा आपूmले जिल्लामा गरेका कामहरु पनि उहाँले सो पत्रकार सम्मेलनमा प्रस्तुत गर्नुभएको थियो । निर्वाचनमा आफू विजयी भएपछि जनताको घर दैलोमा पुगेर आफ्ना मतदातालाई धन्यवाद र समग्र जनतालाई शुभेक्षा प्रदान गर्न पनि सांसद डा.पाठक मतमाग्न गएजस्तै पुनः जनताको घरदैलोमा जाने अभियानको शरुआत पनि उहाँले नै गर्नुभएको थियो । उहाँको यो अभियानबाटै देशका अरु जिल्लाका सांसदहरुले पनि सिकेर त्यसैगरी घरदैलो अभियान चलाएका थिए ।