२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरण- बर्खास्त डिएसपीले दिए पुनर्वहालीको निवेदन



अ+ अ-

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि राम्ररी अनुसन्धान गर्न नसेकाेमा र  लापरबाही गरेको भनी बर्खास्तीमा परेका डिएसपी र अर्का एक अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका छन् ।

प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख थिए । त्यसैगरी प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्ट छन् । उनीहरूले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् ।

घटनाको अनुसन्धानमा प्रारम्भदेखि नै लापरबाही खुलेको विभिन्न समितिले निष्कर्ष निकालेपछि उनीहरुलाई बर्खास्त गरिएको थियो । बर्खास्त गरिएको ३५ दिनभित्र पुनर्बहालीको लागि निवेदन दिन सकिने प्रावधान अनुरुप उनीहरुले निवेदन दिएको स्रोतले बतायो ।

विष्टको कमाण्डमा रहेको कञ्चनपुर प्रहरीले घटनामा मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, निर्मलाको भजाइनल स्वावमा भेटिएको डीएनए र विष्टको डीएनए नमिलेपछि उनी छुटेका थिए ।

मन्त्रीपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालतमा जाने उनीहरुको तयारी छ । प्रकरणमाथिको अनुसन्धान नै पूरा नभइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २९ असोजमा विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरेका थिए ।

उनीहरुलाई भविष्यमा सरकारी सेवामा योग्य हुने गरी सेवाबाट हटाइएको थियो । यसअघि १० साउनमा घरबाट हराएकी बालिका निर्मलाको भोलिपल्ट उखुबारीमा विभत्स अवस्थामा शव भेटिएको थियो ।