२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक स्थगित



अ+ अ-

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक स्थगित भएको छ। बिहान सिंहदरबारमा साढे ११ बजेदेखि सुरु हुने भनिएको बैठक देउवाले समय मागेपछि स्थगित भएको हो। बैठकमा भावी प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले पठाएका नामबारे छलफल गर्ने कार्यसूचि थियो।
न्यायपरिषद्ले यअसघि प्रधानन्यायाधीशमा सिफारिस गरेका न्यायाधीशहरू चोलेन्द्र शम्शेर जबरा र दीपकराज जोशीमध्ये एकजना प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिसमा पर्नेछन्। सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भएको व्यक्तिमात्र प्रधानन्यायधीश हुन पाउने संवैधानिक व्यवस्था छ।
नेपालको संविधानको धारा २८४ मा संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ। संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाई विशेष समितिमा सनुवाई हुन्छ। त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ।