१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका अर्बपति विनोद चौधरीको होटल लिलामीमा !



अ+ अ-

नेपालका अर्बपति व्यापारी विनोद चौधरीको रुवाण्डाको एक होटल लिलामीमा परेको समाचार छ । उनले बैंकको ऋण तिर्न नसक्दा सो होटल लिलामीमा परेको बताइएको छ । उक्त होटल लिलामीमा परेको समाचार त्यहाँको एक अखबारले छापेको छ ।  उक्त होटलका सेयर होल्डरहरुको बीचमा विवाद उत्पन्न भएको र बैंकको ऋण तिर्न नसक्ने अवस्था भएपछि होटल लिलामीमा चढेको दि न्यु टाइम्स नामक अखबारले लेखेकोछ । त्यससम्बन्धी विस्तृत समाचार पढ्न यो लिंकमा जान सकिन्छ । यति ठूला व्यवसायी घरानाको संलग्नता रहेको  उबुम्बे ग्राण्डी होटल भने करोडौं नतिरेको आरोपमा धरासायी हुने अवस्थामा पुगेको हो ।

यही वर्षको सेप्टेम्बर १८ मा रुवाण्डा विकास बोर्डले १.८ करोड अमेरिकी डलर नतिरेको भन्दै होटल बन्द गर्ने मनसाय युक्तपत्र पत्र पाएको बताइएको छ।  रुवाण्डाबाट प्रकाशित हुने ‘द न्यू टाइम्स’ले सीजी कोर्र्पले आफ्नो ‘द जिन्क’ ब्राण्डमार्फत होटेल व्यवस्थापन गर्ने भन्ने सहमति उलङ्घन गरेपछि समस्या सुरु भएको जनाएको छ ।

तथापी अन्य दुई साझेदारले होटल लन्च हुनुभन्दा तीन महिना अघि व्यवस्थापन सहमति एकतर्फी रुपमा अन्त्य गरिदिएको बताइन्छ । अघिल्लो वर्ष द हिल्टन ग्रुपले होटेलको व्यवस्थापन जिम्मा लिने रिपोर्ट आएपछि सेयरहोल्डरमाझ द्वन्द्व बढेको थियो ।

https://www.newtimes.co.rw/news/ubumwe-grande-hotel-disputes?fbclid=IwAR0dc4fCgn8JgRoO6sh0kPh5sPNl5JiFamDDMrirk_mpAPoid39tATf7Er4