३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

बिहे गर्ने बेलामा सम्बन्धविच्छेद

बिहे गर्ने बेलामा सम्बन्धविच्छेद
अ+ अ-

–प्रकाश धौलाकोटी

तेह्रथुम, १८ मङ्सिर: लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बूसँग ०६८ सालमा विवाह गरे । त्यतिबेला चन्द्रा भर्खर १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विवाह पछिका तीन वर्षसम्म त उनीहरुको सम्बन्ध ठीकै थियोे ।

त्यसपछि शुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पु¥यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालतले २१ फागुन, ०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला ग¥यो । कलिलैमा बिहे गरेका २१ वर्षीया चन्द्रा र २३ वर्षीय मनकुमार अहिले अलग–अलग छन् ।

चन्द्राको जस्तै कथा छ, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का २३ वर्षीया पासाङ शेर्पाको पनि । उनले पनि पढ्दै गर्दा १५ वर्षको उमेरमै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–४ का नवीन शेर्पासँग ०६७ सालमा विवाह गरेकी थिइन् तर समय सधैँ एकनाश रहेनँ । विवाह अघि गरेका वाचा बिहेपछि रहेनन् । अन्ततः उनीहरुको पनि २ फागुन, २०७४ मा जिल्ला अदालत तेह्रथुमबाटै सम्बन्धविच्छेदको फैसला भयो ।

धनकुटाकै महालक्ष्मी नगरपालिका–५ की बबिता बस्नेतले पनि १७ वर्षको उमेरमा तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का युवराज बस्नेतसँग ०७२ सालमा बिहे गरिन् तर उनीहरुको पनि सम्बन्ध धेरै समयसम्म टिक्न सकेन । जिल्ला अदालतले १० माघ २०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला गरेको थियो ।
जिल्लामा विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि बिहे गर्ने उमेर हुँदै गर्दा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला अदालतमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढ्दै गएको र यसरी मुद्दा गर्ने महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष छ ।

जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्ला चार वर्षमा १२३ जोडीले सम्बन्धविच्छेद गरेकामा आव २०७४÷०७५ मा मात्रै जिल्लाका ४१ जोडी पुगेका छन् । तीमध्ये आधाभन्दा बढी जोडीको विवाह कम उमेरमै भएको र पछि सम्बन्धमा दरार आएको पाइएको छ ।

सो समय सम्बन्धविच्छेद गर्ने ४१ जोडीमध्ये १८–२५ वर्षका पुरुष पाँच र महिला ११ रहेका श्रेष्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिनुभयो । २५–३० उमेर समूहका छ महिला र पुरुष सात छन् । यस्तै ३१–४० वर्ष उमेर समूहका महिला ११ र पुरुष १२ छन् ।

सम्बन्धविच्छेद गर्ने जोडीमध्ये ४० माथिका महिला दुई र पुरुष पाँच रहेका जानकारी दिँदै श्रेष्तेदार दाहालले भन्नुभयो, “सम्बन्धविच्छेदका मुद्दा यसअघि महिलाले मात्रै दर्ता गर्न पाउँथे, पछिल्लो वर्ष फैसला भएका ४१ जोडीमध्ये १८ देखि ३० वर्षका महिलाको सङ्ख्या १७ छ ।”

उहाँले कानूनले सम्बन्धविच्छेदका लागि दर्ता भएका मुद्दामा बाल विवाह ठहर नगरे पनि सम्बन्धविच्छेदका लागि आउनेमध्ये अधिकांश कलिलैमा बिहे गर्ने, भागेर प्रेम विवाह गर्ने र सामाजिक सञ्जालमार्फत चिनजान भएर लोभ लालचमा बिहे गर्ने बढी भएको सुनाउनुभयो । “सम्बन्धविच्छेदका लागि आउने अधिकांशको प्रेम विवाह भएको पाइन्छ”, श्रेष्तेदार दाहालले भन्नुभयो, “त्यसमध्ये पनि फोन संवाद, सामाजिक सञ्जाल र कम चिनजानकै आधारमा भएका विवाह बढी हुन्छन् ।”

अदालतको तथ्याङ्कमा उल्लेख भएअनुसार आव २०७३÷०७४ मा पनि १९ जोडीको सम्बन्धविच्छेद भएको थियो । जिल्लामा आव २०७२÷०७३ मा ३६ जनाले सम्बन्धविच्छेद गराएका थिए भने आव २०७१÷०७२ मा २९ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका थिए । जिल्ला अदालतमा पछिल्ला वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा नै सम्बन्धविच्छेदका रहेका छन् ।

साधारणतया श्रीमान् श्रीमतीबीच हुने कुटपिट, झै–झगडा, यौन हिंसालगायत घरेलु हिंसाका विषयलाई लिएर महिलाले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको श्रेष्तेदार दाहालले बताउनुभयो ।

सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एक–अर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु¥याउने गरेको छ । विद्यालय तहमा पढ्दा–पढ्दै विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा सम्बन्धमा खटपट सिर्जना भई बिच्छेद हुने गरेको अधिवक्ता नारायण लुइँटेलको भनाइ थियो ।
कानूनले बाल विवाहलाई अपराध माने पनि युवा युवतीले परिवारलाई थाहै नदिई १५–१७ वर्षको उमेरमै विवाह गर्ने गरेका हुन् ।

त्यस्ता विवाहविरुद्ध अहिलेसम्म जिल्लामा कुनै उजुरीसमेत परेको छैन । अभिभावककै सहमतिमा हुने विवाहमा समेत उजुरी नपर्ने गरेकाले प्रहरी र अदालतको तथ्याङ्कमा बाल विवाह नदेखिए पनि गाउँ समाजमा बाल विवाह छ्याप्छ्याप्ती भएको पाइन्छ ।

हालै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर अझै बढाएर महिला पुरुष दुवैलाई २० वर्षको हद तोकेको छ तर अघिल्लो कानूनी व्यवस्थासमेत कार्यान्वयन नभएको अवस्थामा अहिलेको कानूनी व्यवस्था हुबहु कार्यान्वयन हुन कठिन देखिएको छ ।

कानूनको कार्यान्वयनमा भन्दा बढी पहिले कानूनी सचेतना वृद्धिका लागि सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको सरोकारवाला बताउँछन् । सानै उमेरमा आमा बन्दा शारीरिक रुपमा कमजोर बन्ने र स्वास्थ्यमा दीर्घकालीन असर पर्नाका साथै शारीरिक परिपक्वता नभई किशोरीले शिशु जन्माउँदा शिशुमा कुपोषण र आमाको पाठेघर खस्नेलगायत समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ । (रासस)