१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघार अर्ब बराबरको सेयर सूचीकृत



अ+ अ-

काठमाडौँ, १८ मङ्सिर: नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप सेयर सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।

बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ ।

स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् ।

सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन् । स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन् ।

होटल तथा व्यापारिक संस्थाका चार चार कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन् ।

स्टकमा सूचीकृत शेयरको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।