४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

जापानी सहयोगमा निर्मित पाँच पुल हस्तान्तरण

जापानी सहयोगमा निर्मित पाँच पुल हस्तान्तरण
अ+ अ-

काठमाडौं, १८ मंसिर । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक जोड्ने बारकिलो–बारपाक सडकमा पर्ने जापान सरकारले निर्माण गरेका पाँचवटा पुल गोरखामा आयोजित एक समारोहबीच हस्तान्तरण गरिएको छ । उक्त समारोहको प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ हुनुहुन्थ्यो ।

समारोहमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जाइका नेपालका नवनियुक्त प्रमुख युमीको आसाकुमा पनि उपस्थित हुनुहुन्थ्यो ।

सन् २०१५ को डिसेम्बरमा दुई सरकारबीच गोरखामा पुनर्निर्माणका अन्य कार्यक्रम सहित तीनवटा पुल बनाउने गरी सम्झौता भएको थियो । गोरखाका उत्तरी भागसम्म यातायातलाई सहज बनाउन यी पुलहरुको महत्वपूर्ण योगदान रहनेछ । गत जुलाई २०१८ मा निर्माण सम्पन्न भएका पुलहरुमा दरौंदी खोला पुल, घट्टे खोला पुल र राङरुङ खोला पुल रहेका छन् ।

यसबाहेक, खहरे खोला पुल र झ्याल्ला खोला पुल पनि जाइकाको अर्को प्राविधिक सहयोग मार्फत निर्माण गरिएका हुन् ।

उक्त कार्यक्रममा राजदूत साइगोले नयाँ पुलको निर्माणले आवागमनमा सहजता आउने र बजारको पहुँच बढ्ने विश्वास व्यक्त गर्नुभयो । साथै, गोरखाका उत्तरी क्षेत्रको आर्थिक कृयाकलापमा सुधार ल्याउन थप मद्दत पुग्ने राजदूत साइगोले बताउनुभयो । उहाँले यस परियोजना मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

जाइकाका नेपाल प्रमुख आसाकुमाले पनि नेपालमा भूकम्पपछिको पुनरुद्धारका कार्यमा जापानको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्र र समुदायमा दिर्घकालीन दिगो विकासका लागि नयाँ ऊर्जा, स्रोत र कार्यक्रम ल्याउने बताउनुभयो ।
जापान सरकारले प्रदान गरेको सहयोगबाट निर्मित पूर्वाधारका कारण स्थानीयवासीलाई यातायात र आवागमनमा ठूलो मद्दत पुगेको छ ।

स्थानीयवासीले यी पुललाई “जापानी पुलहरु” भन्न रुचाएको पाइएको छ । उक्त पुलहरु नेपाल र जापानबीचको मित्रताको चिनोको रुपमा रहने छ ।