३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बागलुङका दुई क्षेत्रमा नयाँ नेतृत्व, जिल्ला अधिवेशन शुक्रबार हुने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा मङ्गलबारबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइएको हो ।

कांग्रेस बागलुङ क्षेत्र नं २ को सभापतिमा जोगलाल बुढा निर्वाचित हुनुभएको छ । बुढाले अर्का प्रत्यासी नरजङ्ग घर्तीमगरलाई ९० मतान्तरले पराजित गर्नुभयो । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले ३२९ मतमात्रै प्राप्त गर्नुभयो । बुढा संस्थापन पक्षबाट र घर्ती संस्थापनइतरका नेता मानिनुहुन्छ । सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित हुनुभयो । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले बताउनुभयोे । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी हुनुभयो । कुँवरले ४२२ र चन्दले ३२४ प्राप्त गर्नुभयोे ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं २ बाट खुला सदस्यतर्फ जीत शेरचन, नरबहादुर पुन निरज, अर्जुन शेरचन, मञ्जेशबम मल्ल,  दोर्ण कुँवर, भरत शर्मा गैरे, सागर पोखरेल, टेकराज पौडेल, सिंहबहादुर राना र तुलसिंह घर्तीमगर निर्वाचित हुनुभएको छ । प्रत्यक्ष महिलातर्फ गण्डकी थापा अधिकारी, गौता श्रीष, मञ्जु चालिसे र रेणुका काउचा निर्वाचित हुनुभएको छ ।

खसआर्यबाट महिला सदस्यमा सरस्वती शर्मा रिजाल, खसआर्य खुला सदस्यमा ऋषिराम कँडेल र तिलबहादुर अधिकारी निर्वाचित हुनुभयो । आदिवासी जनजाति महिला सदस्यमा राधिका पुन र लीलमाया पुन, आदिवासी खुलामा दीपेन्द्र श्रेष्ठ र देवेन्द्र घर्तीमगर निर्वाचित हुनुभयो । दलित महिला सदस्यमा लिमाया पौवी र  दलित खुला सदस्यमा भूमिराज सुन्चौरी र सोमबहादुर पौवी दामु विजयी हुनुभयो ।

क्षेत्र नं २ मा संस्थापन पक्षका उम्मेदवार वियजी भएका छन् । क्षेत्रीय समितिदेखि महाधिवेशन प्रतिनिधिसम्म संस्थापन पक्षको बहुमत रहेको नेताले बताए । यहाँका उम्मेदवार स्पष्ट दुई पक्षमा विभाजित भएका थिए । कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ५५४ मत प्राप्त गर्नुभएको छ भने थापाले ५५० मतमात्रै प्राप्त गर्नुभयो । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल ९गोपाल० र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनुभएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा, कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

खसआर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खसआर्य खुला सदस्यमा उमाकान्त पौडेल, नरायण शर्मा पौडेल र विष्णु शर्माले चुनाव जित्नुभयो । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुलामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जित्नुभयो । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुला सदस्यमा सीताराम रसाइली विजयी हुनुभयो । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । 

यसैगरी कांग्रेसको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुने भएको छ । जिल्ला अध्यक्षका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर, जित शेरचन र नवराज पौडेल आकाङ्क्षी देखिएका छन् । रासस