१७ माघ २०८१, बिहीबार
,
Latest
राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई सभापति कप फुटबलको उपाधि सङ्कटालाई मौलिक हक कार्यान्वयनका लागि आर्थिक सुदृढीकरण आवश्यक नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा राष्ट्रिय समता पार्टी नेपाल द्धारा दु:ख… गायिका रचना रिमालले सार्वजनिक गरिन् अफिसियल लोगो ताप्लेजुङमा लगानी मैत्री वातावरण बनाउन राजनीतिक दलहरु आग्रह सरकारले ल्याएका अध्यादेश माओवादीले अस्वीकार प्रस्ताव पदक विजेता रन्जितबहादुर डंगौरा सम्मानित वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : शेखर कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र प्रतिपक्षी दुवै सुस्त भए : सभामुख महरा



अ+ अ-

दाङ । सभामुख कृष्णबहादुर महराले सरकार र प्रतिपक्षी दल दुवै सक्रिय हुन नसकेकाे टिप्पणाी  गरेका छन्भर । उनले भने सरकारका काम नै प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन । उनले याे कुरा अाज दाङ बताएका हुन् । पत्रकार महासंघ दाङले शुक्रबार बिहान घोराहीमा आयोजना गरेको भेटघाटमा बोल्दै महराले दलहरुका राजनीतिक गतिबिधि सुस्त भएकाले पनि नेताहरुको कामकाज प्रभावकारीरुपमा देखिन नसकेको बताए। ‘सबै दलहरु सुस्त छन्। दलहरुका गतिबिधि कम हुँदा राजनीतिक गति सुस्त देखिएको छ,’ उनले भने, ‘दलहरुले राजनीतिक गतिबिधिहरु बढाउन आवश्यक छ।’अझै पनि धेरै ऐन नियमहरु बन्न बाँकी भएकाले जनताले महशुस हुने गरी काम हुन नसकेको उनले बताए। ‘हामी अझै नीतिनियम बनाउने क्रममै छौं। धेरै कानूनहरु बन्न बाँकी छन्,’ उनले भने।

श्रमिकहरुको सुरक्षा कार्यक्रम एउटा महत्वपूर्ण कदम भएको उनले बताए। ‘संविधानमा व्यवस्था भएका प्रावधानलाई नीति बनाएर कार्यान्वयन गर्ने काम भइरहेको छ। यो मजदूरहरुको हकहितमा महत्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘यो कार्यक्रम सफल पार्न सबैको सहयोग जरुरी छ। रोजगारदाता र श्रमिकहरु नियम अनुसार यसमा सहभागी हुनुपर्छ।’