१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

नेकपाकाे बैठकमा गाइजात्रा, समयमै शुरू नभएपछि हिँडे – प्रवक्ता नारायणकाजी

नेकपाकाे बैठकमा गाइजात्रा, समयमै शुरू नभएपछि हिँडे – प्रवक्ता नारायणकाजी
अ अ+ अ-

नेकपा सचिवालयका पदाधिकारीहरू ।

काठमाडौं, २२ मंसिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बैठकहरू यतिबेला गाइजात्रा झैं हुन थालेका छन् । पार्टी र सरकारसँग सम्बन्धित कैंयाैं विषयमा अालाेचना र उजूरीकाे चाङ भएपनि त्यसलाइ सम्बाेधन गर्न मुख्य नेताहरूले खासै पहल नगरेकाे अाक्षेप लाग्ने गरेकाे छ ।

तर अाश्चर्य, ताेकिएकाे बैठक समेत हुन नसकेर बैठक नै बहिस्कार गर्नु परेकाे पार्टीकै प्रवक्ताकाे भनाइ सार्वजनिक भएकाे छ । शुक्रबारकै लागि डाकिएकाे सचिवालय बैठक शनिबार पनि नेताहरू भेला हुन नसकेर स्थगित भएकाे छ ।

केही संचार माध्यमले चार नेताले बैठक नै बहिस्कार गरेकाे जनाएका छन् । एकनाथ ढकालकाे अग्रसरतामा भएकाे इसाइहरूकाे सम्मेलनकाे मुख्य हर्ताकर्ता रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी भएनन् । उक्त सम्मेलनप्रति नेकपाकै नेताहरूबीच मत बाझिएकाे छ । नेताहरू झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सचिवालय बैठकमा उपस्थित भएनन् ।

नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

तर, प्रवक्ता श्रेष्ठले आफूले सधैँ समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताउनुभयाे । अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिँड्ने गरेको भन्दै उहाँले भन्नुभयाे, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’

पार्टी महासचिव बिष्णु पौडेलले उक्त प्रकरणमा प्रतिकृया दिनुभएकाे छः

जम्मा ३ बजेर १७ मिनेट भएको थियो । अध्यक्षद्धय बैठक कक्ष आउँदै हुनुहुन्थ्यो, उहाँहरु गइसक्नु भएछ । हामीलाई पनि अचम्म लाग्यो । समय महत्वपूर्ण हो तर यो घटना यही मुद्दाबाट मात्र निर्देशित देखिंदैन ।

यसै प्रसंगमा नेकपाका केन्द्रीय सदस्य एवं माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँका प्रेस सल्लाहकार रहनुभएका विष्णु रिजाल ट्वीटर र फेसबुकमा लेख्नुहुन्छः

“बालुवाटारको आजको घटनापछि ८ बर्षअघि तत्कालीन अध्यक्ष कमरेड झलनाथ खनाल प्रम हुँदाको घटना सम्झना भएको छ । प्रवेशद्वारमा प्रहरीले ‘भित्रबाट हजुरहरूको नाम आएको छैन, भित्र सोध्छौं हजुर’ भन्दा कमरेड केपी ओली ‘यस्तो अपमान सहिंदैन’ भनेर एक मिनेटमा त्यहाँबाट फर्किनुभएको थियो र त्यसपछि जेएन कमरेड प्रम हुँदासम्म बालुवाटारमा पाइला हाल्नुभएन ।”