३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

लजमा गाजा तान्दै गरेका ४२ जना युवायुवती पक्राउ

लजमा गाजा तान्दै गरेका ४२ जना युवायुवती पक्राउ
अ+ अ-

काठमाडौं, २२ मंसिर । बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भन्दै घरबाट हिँडेका स्कूले विद्यार्थीहरु गोंगवुको लजमा गाँजा तान्दै गर्दा प्रहरीको फेला परेका छन् ।

शुक्रवार राती महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोंगवुका होटल तथा लजहरुमा स्वीप अपरेशन चलाउँदा कक्षा ८ देखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी त्यसरी गाँजा तान्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

‘स्कुल कलेज पढ्ने केटाकेटीहरु लजमा कोठा लिएर समूहिक रुपमा गाजा सेवन गर्ने गरेको भेटियो’ महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाईँले भने, ‘अधिकांश विद्यार्थी ८ देखि १२ कक्षामा अध्ययनरत रहेको पाइयो ।’

स्वीप अपरशेनका क्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गाजा सेवन गर्ने विद्यार्थीसहित होटल गेष्टहाउमा शंकास्पद गतिविधि गर्ने ४२ जनालाई नियन्त्रणमा लिएको छ ।

गेष्ट हाउसबाट पक्राउ परेका अधिकांश किशोर किशोरीको गोजीमा गाजा भेटिएको डिएसपी प्रसाईँले जानकारी दिए । उनले भने, ‘पक्राउ परेकामध्ये ३२ जनाबाट हामीले गाजा बरामद गरेका छौं ।’

काठमाडौं बाहिरबाट आएका विद्यार्थीहरुले पनि अभिभावकलाई थाहै नदिई लजमा बसेर गाजा सेवन गर्ने गरेको भेटिएको छ ।

घरबाट छाडेर बर्थ डे पार्टी मनाउन भनि काठमाडौं–२६ मित्रनगर स्थित बाग्लुङ कालिका गेष्ट हाउसमा २ वटा कोठा बुक गरी बसेका ८ देखि कक्षा ११ सम्म पढ्ने १३ देखी १८ बर्षका ७ छात्र र दुई छात्राको साथबाट पनि प्रहरीले गाजा फेला पारेको छ ।

शुक्रवारको स्वीप अपरेशनको क्रममा एउटा मोटरसाइकलको चावी अर्कोमा मिल्ने गरेको कारण मोटरसाईकल चोरी पनि बढेको खुलेको छ ।

सिभिल मलबाट प्रभु बैंकको एक ब्रान्च मेनेजरले सिभिल मलबाट लिएर हिँडेको मोटरसाइकल प्रहरी चेकजाँचको क्रममा अर्कैको रहेको खुलेको थियो ।

बा.८३ प ६८३१ सेतो जिक्सर चढ्दै आएका ती मेनेजर त्यतिवेला अचम्ममा परे, जब गोंगवुमा प्रहरीले बिलबुक चेक गर्दा मोरसाइकल नम्बर नमिलेको भन्दै मोटरसाइकल नियन्त्रणमा लियो ।

पछि अनुसन्धान गर्दा हतारमा सिभिल मलको पार्किङमा रहेको मे. ८ प. १४१७ नम्बरको मोटरसाइकल उनको चाबीले खुलेको पाइयो  । प्रहरीले दुवै मोटरसाईकल भेरिफाई गरेर सम्बन्धित धनीलाई बुझाएको छ ।
स्वीप अपरेशनका क्रममा चेकजाँच गर्दा महाराजगञ्ज प्रहरीले कागज पत्र नभएका ७ स्कुटर ५ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।