२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा गुटबन्दी रोकिएन -आज पौडेल पक्षीयको भेला प्रकाशमानको घरमा



अ+ अ-


नेपाली काँग्रेसमा गुटबन्दी झनै बढ्दै गएको छ । केही दिनयता देखि देउवा र पौडेल पक्षका नेताहरु विभिन्न नेताहरुका घरमा बस्ने र खाना खाने क्रम बढ्दै गएको छ । गत महिना सुजाता कोइरालाको घरमा दुई पटकसम्म कोइराला पक्षीय नेताहरुको भेटघाट र दिवाभोज भएको थियो । त्यसमा रामचन्द्र पौडेल भने थिएनन् । यस पटक भने पौडेल पक्षीय भनिएका नेताहरुको खानपिन पौडेल निवासमा नभएर नेता प्रकाशमान सिंहको घरमा बसेको छ । सो बैठकले शेरबहादुर देउवा पक्षका विरुद्धमा आगामी महासमिति बैठकमा धक्का दिने रणनीति बनाएको बताइएको छ । सो भेलामा भएका भनिएका निर्णयहरुका बारेमा भने केही आएको छैन । महासमिति बैठकमा पेश हुने संशोधित विधानका विषयमा धारणा बनाउन उनीहरु छलफलमा जुटेका हुन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, कमला पन्तलगायत नेताहरु सहभागी थिए ।