१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा गुटबन्दी रोकिएन -आज पौडेल पक्षीयको भेला प्रकाशमानको घरमा



अ+ अ-


नेपाली काँग्रेसमा गुटबन्दी झनै बढ्दै गएको छ । केही दिनयता देखि देउवा र पौडेल पक्षका नेताहरु विभिन्न नेताहरुका घरमा बस्ने र खाना खाने क्रम बढ्दै गएको छ । गत महिना सुजाता कोइरालाको घरमा दुई पटकसम्म कोइराला पक्षीय नेताहरुको भेटघाट र दिवाभोज भएको थियो । त्यसमा रामचन्द्र पौडेल भने थिएनन् । यस पटक भने पौडेल पक्षीय भनिएका नेताहरुको खानपिन पौडेल निवासमा नभएर नेता प्रकाशमान सिंहको घरमा बसेको छ । सो बैठकले शेरबहादुर देउवा पक्षका विरुद्धमा आगामी महासमिति बैठकमा धक्का दिने रणनीति बनाएको बताइएको छ । सो भेलामा भएका भनिएका निर्णयहरुका बारेमा भने केही आएको छैन । महासमिति बैठकमा पेश हुने संशोधित विधानका विषयमा धारणा बनाउन उनीहरु छलफलमा जुटेका हुन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, कमला पन्तलगायत नेताहरु सहभागी थिए ।