२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामाद्वारा पाँच एम्बुलेन्स सहयोग



अ+ अ-

चरिकोट, २४ मङ्सिरः नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।

लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले त्यस्ता समस्या नभई बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताउनुभयो ।

उहाँले गत वर्ष पनि दोलखाको खारेमा एक एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेद्भाव नगरी सेवा दिन सबैलाई आग्रह गर्नुभयो । “यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस्” सांसद लामाले भन्नुभयो, “मेरा लागि दोलखावासी सबै समान हुन अझै थप पाँच एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु ।

उहाँले एम्बुलेन्स खरीदमा आफू सांसद भएपश्चात्को तलबभत्ता रकम खर्च गरेको बताउनुभयो । समाजसेवी एवं सांसद लामाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।