१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवि संघले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुतला, प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरी बिच मुठभेड



अ+ अ-


काठमाडौँ । कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको राजिनामा मागेको छ । पिडित परिवारलाई न्यायका दिलाउनुपर्ने भन्दै मंगलबार प्रदेश नं ७ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको छ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले गरेको प्रदर्शनका क्रममा केहिबेर प्रहरीसँग मुठभेडको स्थितीसमेत सिर्जना भएको हो। नेवि संघका कार्यकर्ताले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुतला दहन गर्ने क्रममा प्रहरीसँग मुठभेडको स्थिति सिर्जना भएको थियो।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले करिब १ घण्टा प्रदेशको मुख्यकार्यालय अगाडिको सडक अवरुद्ध पारि टायर बालेर विरोध गरेका थिए। उनीहरुले सरकारको विरुद्धमा विभिन्न नाराहरु लगाई निर्मला पन्तको तस्बिर अंकित पोष्टर प्रदर्शन गरेका थिए।नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष भेष बलले पिडित परिवारले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए।