• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन

सभापति देउवा अनुपस्थित हुँदा बस्नै सकेन संवैधानिक परिषदको बैठक



काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित हुँदा संवैधानिक परिषदको बैठक आज पनि स्थगित भएको छ ।

बैठक बिहान ९ बजेका लागि बोलाइए पनि देउवा अनुपस्थित भएकाले बैठक स्थगित भएको छ । बैठक पुनः बिहीबार बिहान ९ बजेका लागि बोलाइएको छ । अन्य पदाधिकारी उपस्थित भए पनि देउवा उपस्थित भएनन् । मंगलबार साँझको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । मंगलबार साँझ बैठक स्थगित भएपछि पुस ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको थियो। तर, बुधबार बिहानैका लागि बैठक बस्नेगरि सदस्यहरुलाई मंगलबार राति ९ बजे सूचना दिइएको थियो ।

कांग्रेस महासमिति बैठक लगायत रहेकाले नेताहरुको व्यवस्थता भन्दै बैठक स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिनुभएको थियो ।