२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवा अनुपस्थित हुँदा बस्नै सकेन संवैधानिक परिषदको बैठक



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित हुँदा संवैधानिक परिषदको बैठक आज पनि स्थगित भएको छ ।

बैठक बिहान ९ बजेका लागि बोलाइए पनि देउवा अनुपस्थित भएकाले बैठक स्थगित भएको छ । बैठक पुनः बिहीबार बिहान ९ बजेका लागि बोलाइएको छ । अन्य पदाधिकारी उपस्थित भए पनि देउवा उपस्थित भएनन् । मंगलबार साँझको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । मंगलबार साँझ बैठक स्थगित भएपछि पुस ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको थियो। तर, बुधबार बिहानैका लागि बैठक बस्नेगरि सदस्यहरुलाई मंगलबार राति ९ बजे सूचना दिइएको थियो ।

कांग्रेस महासमिति बैठक लगायत रहेकाले नेताहरुको व्यवस्थता भन्दै बैठक स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिनुभएको थियो ।