२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुबी भ्यालीमा जापानी सहयोगमा विद्यालय



अ+ अ-

कठमाडौं, २६ मंसिर । नेपालका लागि जापानका राजदूत मासामिची साइगोले धादिङ जिल्लाको रुबी उपत्यका गाउँपालिकास्थित च्यामरादेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उदघाटन गर्नुभयो ।

उक्त विद्यालय २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

जापान सरकारको करिब ९२ लाख रुपैयाँको सहयोगमा उक्त विद्यालयको पुनर्निर्माण गरिएको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

च्यामरादेवी माध्यमिक विद्यालयमा हाल ४०७ जना बालबालिका अध्ययनरत छन् । भूकम्पका कारण ठूलो क्षति भएका कारण विद्यार्थीहरुले खुला आकाशमुनि र अस्थायी टहरामा बसेर अध्ययन गरिरहेका थिए ।

नयाँ विद्यालय भवन निर्माण भएपछि विद्यार्थीको पठनपाठनमा ठूलो सहयोग पुगेको राजदूत मासामिचीले बताउनुभयो । नवनिर्मित उक्त विद्यालय भूकम्प प्रतिरोधी, सुविधाजनक र सुरक्षित अध्ययन स्थल बनेको छ ।

दूतावासका अनुसार नेपाल र जापानको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न उक्त सहयोग कोशेढुंगा सावित हुनेछ ।