२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.12

Wind: 6.17

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलको टोली नेपालमा



अ+ अ-


काठमाडौँ । प्रेस काउन्सिल नेपालको निमन्त्रणामा म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोली नेपाल आइपुगेको छ ।

ती दुई देश र नेपालबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने उद्देश्यले श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला वेल्लालागेसहित चार र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसहित पाँच जनाको टोली काठमाडौँ आएको काउन्सिलले जनाएको छ । रासस