२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री बादलका छोराको समाचारले हंगामा, निरन्तर झुठो समाचारको शिकार भएँ – प्रतिक



अ+ अ-

गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले जनआस्था साप्ताहिकमा आफ्ना विरुद्धमा प्रकाशित समाचार झुठो रहेको प्रतिक्रिया दिएका छन् । फेसबुकमा एउटा स्टाटस लेख्दै प्रतिकले आफू विरुद्ध एउटा समूहले नियोजित रुपमा गलत समाचार प्रकाशन गरिरहेको बताएका छन् ।


प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिलकै सदस्य खिलबहादुर भण्डारी विरुद्ध लेखिएको फेसबुक स्टाटसमा भनिएको छ, काउन्सिलमा आजीवन विताउनुहुने कार्यबाहक अध्यक्ष किशोर दाइको सम्पादकत्वमा निस्कने पत्रिकामा मेरा विरुद्ध निरन्तर झुठा समाचार प्रकाशन भएका छन् । त्यही समाचारलाई आधा दशक काउन्सिलमा जीवन व्यतित गरिरहनु भएका खिला दाइले सेयर गरेर लाइक बढाउनु भएको छ ।

जनआस्था साप्ताहिकले साउन अन्तिमतिरको एक घटनाक्रमलाई लिएर समाचार प्रकाशन गरेको बुझिएको छ । उक्त समाचारमा बादल पुत्र प्रतिकले पोखराको एक होटलमा रात बिताएको र त्यहाँको बिल अझै भुक्तान नगरेको उल्लेख छ । जनआस्थाको समाचारमा भनिएको छः

सुन्दा पनि लाजलाग्दो कुरा– होटलवाला ‘तपाई यहाँबाट निस्किहाल्नुस्’ भन्छन्, निस्कनपर्नेले ‘म फलानोको छोरा हुँ, किन निस्कने’ भन्दै अटेरी गर्छन् । घटना साउन अन्तिमतिरको हो ।

गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म डेढ लाख बिल भुक्तानीको लफडा आएपछि यस्तो कुरा बाहिर आएको छ । गृहमन्त्रीपुत्र प्रतीक थापासहित ६–७ जनाको टोली पोखरा पुगेको थियो । एसपी ओम रानाले लेकसाइडस्थित होटल माउन्ट कैलाशमा कोठा भनिदिए । ‘जे–जे खान्छन्, दिनु, बिल मकहाँ ल्याउनु’ भनेका थिए ।

उनीहरुले ब्ल्याक लेवल खाए । एउटाले पुगेन तीन–तीन बोतल रित्याए । त्यसपछि चाहियो युवती । राति सवा १० बजे एउटा गाडीमा पाँचजना पुगे । तीमध्ये मन्त्रीपुत्रले रोजकी एकजना त्यहीँ रहने, बाँकी फर्किने गरी गएका थिए । तर, होटलका मालिक नरेश भट्टराईले त्यसो हुन दिएनन् । ‘तपाई श्रीमती, हैन भने पनि गर्लफ्रेण्ड भए केही आपत्ति छैन ।

तर, मेरो मोटलमा पेशेवर यौनकर्मीलाई आफ्नै आँखाले देखि–देखि बस्न दिन्न ।’ प्रतिक र नरेशको गलतफत्ति चल्यो । नरेशले भने ‘तपाईलाई कहाँ जान मन छ जानुस्, यसरी मेरो होटलमा बस्न दिन्नँ’ भने ।

उनले आफू गृहमन्त्रीपुत्र भएको सुनाए । नरेशले भने ‘तपाई राष्ट्रपतिकै छोरो भए पनि, ट्रम्पकै छोरो भए पनि होटल मेरो हो । पेशेवर यौनकर्मीलाई मेरो होटलमा छिराउँदिन । यो म बस्ने घर पनि हो । परिवार पनि यहीँ छन् । यस्तो असामाजिक काम मेरोमा हुँदैन ।’ त्यसपछि भाउन्निएर निस्कन खोसेका मन्त्रीपुत्रले मेरो रकम भन्दै पाँच हजार झिकेर दिन खोजे ।

होटलको रिसेप्सनमा बसेकाले लिन मानेनन् । किनभने, बिल एक लाख नाघिसकेको थियो । उक्त बिल कात्तिक लाग्दासम्म जिल्ला प्रहरी कार्यालयले भुक्तानी गरेको छैन । होटलको त व्यापार हो । सुरक्षा अधिकारीले भनेर दुई–चार हजार छाडिदिनु अर्को कुरा, तर डेढ लाख रुपैयाँले होटल डुब्छ ।

सो भन्दै अहिले नेकपाकै कार्यकताहरु बिलको फोटोकपी बोकेर कहिले गृह, कहिले पुलिस हेडक्वार्टर पुगिरहेका छन् ।