१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री बादलका छोराको समाचारले हंगामा, निरन्तर झुठो समाचारको शिकार भएँ – प्रतिक



अ+ अ-

गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले जनआस्था साप्ताहिकमा आफ्ना विरुद्धमा प्रकाशित समाचार झुठो रहेको प्रतिक्रिया दिएका छन् । फेसबुकमा एउटा स्टाटस लेख्दै प्रतिकले आफू विरुद्ध एउटा समूहले नियोजित रुपमा गलत समाचार प्रकाशन गरिरहेको बताएका छन् ।


प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिलकै सदस्य खिलबहादुर भण्डारी विरुद्ध लेखिएको फेसबुक स्टाटसमा भनिएको छ, काउन्सिलमा आजीवन विताउनुहुने कार्यबाहक अध्यक्ष किशोर दाइको सम्पादकत्वमा निस्कने पत्रिकामा मेरा विरुद्ध निरन्तर झुठा समाचार प्रकाशन भएका छन् । त्यही समाचारलाई आधा दशक काउन्सिलमा जीवन व्यतित गरिरहनु भएका खिला दाइले सेयर गरेर लाइक बढाउनु भएको छ ।

जनआस्था साप्ताहिकले साउन अन्तिमतिरको एक घटनाक्रमलाई लिएर समाचार प्रकाशन गरेको बुझिएको छ । उक्त समाचारमा बादल पुत्र प्रतिकले पोखराको एक होटलमा रात बिताएको र त्यहाँको बिल अझै भुक्तान नगरेको उल्लेख छ । जनआस्थाको समाचारमा भनिएको छः

सुन्दा पनि लाजलाग्दो कुरा– होटलवाला ‘तपाई यहाँबाट निस्किहाल्नुस्’ भन्छन्, निस्कनपर्नेले ‘म फलानोको छोरा हुँ, किन निस्कने’ भन्दै अटेरी गर्छन् । घटना साउन अन्तिमतिरको हो ।

गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म डेढ लाख बिल भुक्तानीको लफडा आएपछि यस्तो कुरा बाहिर आएको छ । गृहमन्त्रीपुत्र प्रतीक थापासहित ६–७ जनाको टोली पोखरा पुगेको थियो । एसपी ओम रानाले लेकसाइडस्थित होटल माउन्ट कैलाशमा कोठा भनिदिए । ‘जे–जे खान्छन्, दिनु, बिल मकहाँ ल्याउनु’ भनेका थिए ।

उनीहरुले ब्ल्याक लेवल खाए । एउटाले पुगेन तीन–तीन बोतल रित्याए । त्यसपछि चाहियो युवती । राति सवा १० बजे एउटा गाडीमा पाँचजना पुगे । तीमध्ये मन्त्रीपुत्रले रोजकी एकजना त्यहीँ रहने, बाँकी फर्किने गरी गएका थिए । तर, होटलका मालिक नरेश भट्टराईले त्यसो हुन दिएनन् । ‘तपाई श्रीमती, हैन भने पनि गर्लफ्रेण्ड भए केही आपत्ति छैन ।

तर, मेरो मोटलमा पेशेवर यौनकर्मीलाई आफ्नै आँखाले देखि–देखि बस्न दिन्न ।’ प्रतिक र नरेशको गलतफत्ति चल्यो । नरेशले भने ‘तपाईलाई कहाँ जान मन छ जानुस्, यसरी मेरो होटलमा बस्न दिन्नँ’ भने ।

उनले आफू गृहमन्त्रीपुत्र भएको सुनाए । नरेशले भने ‘तपाई राष्ट्रपतिकै छोरो भए पनि, ट्रम्पकै छोरो भए पनि होटल मेरो हो । पेशेवर यौनकर्मीलाई मेरो होटलमा छिराउँदिन । यो म बस्ने घर पनि हो । परिवार पनि यहीँ छन् । यस्तो असामाजिक काम मेरोमा हुँदैन ।’ त्यसपछि भाउन्निएर निस्कन खोसेका मन्त्रीपुत्रले मेरो रकम भन्दै पाँच हजार झिकेर दिन खोजे ।

होटलको रिसेप्सनमा बसेकाले लिन मानेनन् । किनभने, बिल एक लाख नाघिसकेको थियो । उक्त बिल कात्तिक लाग्दासम्म जिल्ला प्रहरी कार्यालयले भुक्तानी गरेको छैन । होटलको त व्यापार हो । सुरक्षा अधिकारीले भनेर दुई–चार हजार छाडिदिनु अर्को कुरा, तर डेढ लाख रुपैयाँले होटल डुब्छ ।

सो भन्दै अहिले नेकपाकै कार्यकताहरु बिलको फोटोकपी बोकेर कहिले गृह, कहिले पुलिस हेडक्वार्टर पुगिरहेका छन् ।