२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन परामर्श संयन्त्रको बैठकमा रेलको चर्चा



अ+ अ-

बेइजिङ । नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको बैठकमा रेल र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल भएको छ। बिहीबार दिउँसो सम्पन्न बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएको चिनियाँ  रेललाई नेपालसम्म लैजाने सम्झौता, दुई देशबीचको सडक सञ्जाल, नेपालमा चिनियाँ लगानी, नेपालमा चिनियाँ पर्यटनको प्रवर्धनलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाली पक्षको नेतृत्व सचिव वैरागी,चिनियाँ पक्षको परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुआनयौ र चिनियाँ राजदूत होउ यान्छीले गरेका थिए । बैठकमा नेपालले बेहोर्दै आएको व्यापार घाटाको विषयसँगै कसरी नेपाली उत्पादनलाई चीनमा बजार बिस्तार गर्ने भन्ने बारेमा पनि छलफल भएको छ ।

दुवै देशका परराष्ट्र सचिवको नेतृत्वमा परामर्श संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरी दुवै देशमा बस्ने भनिए पनि हुन सकेको थिएन । गत वर्ष संयन्त्रको ११ औँ बैठक काठमाडौँमा बसेको थियो । १२ औँ बैठक चीनमा भयो भने १३ औँ बैठक आगामी वर्ष काठमाडौँमा बस्नेछ ।