१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा पौडेल



अ+ अ-

भरतपुर: देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त हुनु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई दुई वर्षका लागि समितिको अध्यक्षमा आज नियुक्त गरिएको हो ।

तनहुँ देवघाट गाउँपालिका–५ का पौडेल यसअघि साविकको देवघाट गाविसका अध्यक्ष हुनुहुन्थ्यो ।

सामुदायिक अध्ययन केन्द्र र देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षसमेत रहनुभएका पौडेल देवघाटका विभिन्न धार्मिक सङ्घसंस्था, गुरुकुल, आश्रम, विद्यालय, रेडक्रस लगायतका विभिन्न २२ सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।

अध्यक्ष भएपछि रासससँग कुराकानी गर्दै पौडेलले देवघाटधामलाई नेपालको धार्मिक पर्यटकीय केन्द्र बनाउने बताउनुभयो ।

देवघाट धार्मिक र सांस्कृतिक केन्द्र भएकाले आवश्यकता र प्राथमिकताका आधारमा काम गरिने बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।