२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीम्फ सम्पन्नः ‘अ थाउजन्ड गल्र्स लाइक मी’ ले जित्यो प्रथम पुरस्कार



अ+ अ-

काठमाडौँ : ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १६ औँँ संस्करणमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ नामक फिल्मले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

पुरस्कारको राशि एक हजार ५०० अमेरिकी डलर रहेको छ । त्यसैगरी अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो भएको छ । उक्त पुरस्कारको राशि जनही एक हजार अमेरिकी डलर रहेको छ ।

त्यस्तै मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’ ले तेस्रो स्थान प्राप्त गरेको छ । उक्त पुरस्कारको राशि ५०० अमेरिकी डलर रहेको छ । जसको प्रायोजन नेपाल पर्वतारोहण सङ्घ, दीपलक्ष्मी फाउण्डेशन र थामसेर्कु ट्रेकिङले गरेको थियो ।

त्यसैगरी नेपाल पानोरामाअन्तर्गत आख्यानमा अविनासविक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागार्इं र कमल कुमारको ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएको छ । तटिनीले रु एक लाख र मरिसकेको मान्छेले रु ७५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

किम्फमा प्रदर्शित यस वर्षको उत्कृष्ट पर्वतीय फिल्म मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ हुन सफल भएको किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो । त्यस्तै किम्फमा उत्कृष्ट साहसिक फिल्म प्रसुना डङ्गोलको ‘डोल्पा डायरी’ ले जितेको छ । जसलार्ई आपा शेर्पा फाउण्डेशनले एक हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ ।

किम्फमा यस पटक नेपाललगायत ३१ वटा देशहरुको ७० भन्दा बढी फिल्महरु देखाइएको थियो । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइएको थियो ।