• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास ★   ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न ★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द ★   महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार ★   विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना ★   वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल

‘जीवन काँडा कि फूल’ चलचित्र निर्माण



काठमाडौँ: साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ ।

करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत रु ६५ लाख रहेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँका सभापति सन्तराम बिंडारीले जीवन्त कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेको जीवन सङ्घर्ष धेरैका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पु¥याउने बताउँदै चलचित्रको सङ्क्षिप्त कथा वस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कलाकार मोहन निरौला, सङ्गीतकार राजु सिंहलगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको बताउनुभयो ।

चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गर्नुभएको छ भने गायिका जुनु गौतमले गीत गाउनुभएको छ ।

शान्ति काव्य प्रवाह सम्पन्न

मानव अधिकार तथा शान्ति समाजले ७० औँ मानव अधिकार दिवसका सन्दर्भमा ४० कविले आज शान्ति काव्य प्रवचन गर्नुभएको छ ।

मानव अधिकारमा केन्द्रित रही कृष्ण पहाडी, रामबहादुर पहाडी, कवि रामबहादुर पहाडी, वेदमणि घिमिरे, भाग्यशाली अधिकारी, मदन कार्की, रत्ननिधि रेग्मी, डा जीवन अधिकारी, मेनका पोख्रेल आचार्य, ऋचा, विजयध्वज थापा, त्रिभुवनचन्द्र वाग्लेलगायतले कविता वाचन गर्नुभएको थियो ।

एक नागरिकले अन्य व्यक्तिको अधिकारलाई सम्मन गरी शान्ति तथा समृद्ध समाजमा निर्माण गर्न सकिने सन्देश दिइएको उक्त प्रवाहमा जानी नजानी भइरहेका मानव अधिकार उल्लङ्घनका विषयवस्तुलाई सहभागी कविले रचनामार्फत सच्याउन आग्रह गर्नुभएको
थियो ।

समाजका सभापति उत्तम पुडासैनीले साहित्यमार्फत मानव अधिकार र शान्ति अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा शान्ति समाज निरन्तर लागिरहेको बताउनुभयो ।

यसपटकको उक्त काव्य प्रवाह ७४आँै शृङ्खलाअन्तर्गत भएको बताइएको छ ।