• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

के प्रचण्डले विक्रम पाण्डेमाथि रिसइबी साँधेकै हुन् ?




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको विरुद्धमा कारबाही थालेका राप्रपा प्रजातान्त्रिकका नेता एवं कालिका कन्स्ट्रक्सनका ठेकेदार विक्रम पाण्डेको कारबाहीका विषयलाई लिएर यतिखेर उक्त पाण्डेको राजनीतिक दलमा एक अलग्गै विषयको चर्चा सुरु भएको छ । उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेदेखि नै यसको तरंग राजनीतिसम्म पनि पुगेको छ । र सो दलले भनेको छ– प्रचण्डले राजनीतिक प्रतिशोध अथवा व्यक्तिगत रिसइबी साँधेका कारण यो अवस्था आएको हो ।

तर राप्रपा यस विषयमा खुलेर कुरा गर्न भने चाहँदैन । पार्टीमा समय समयमा बस्ने क्रममा यस विषयमा चर्चा र कुराकानी त हुन्छ तर विज्ञप्ति प्रकाशन नै गर्ने तथा पार्टीले औपचारिक बैठक बसेरै यसको विरोध गर्ने भन्ने विषयमा भने सहमति जुटेको छैन– राप्रपा प्रजातान्त्रिकका एकजना सदस्य बताउँछन् । उनको भनाई छ– विक्रम पाण्डेमाथि राजनीतिक प्रतिशोध त साँधिएकै हो र यसका विरुद्धमा हामीहरु व्यक्तिगत रुपमा चिन्तित छौँ तर पनि भ्रष्टाचारको विरुद्धमा सुरु भएको यस्तो कारबाहीका बारेमा बोल्दा पार्टीकै बदनाम हुने भएकोले खुलेरै बोल्न सकिरहेका छैनौँ ।

पाण्डे नेपालका क ग्रेगका निर्माण व्यावसायी हुन् । गत वर्ष भएको आम निर्वाचनमा उनी राप्रपाको टिकटमा नेपाली काँग्रेसको समेत सहयोगमा चितवनबाट निर्वाचनमा उठेका हुन् । उनलाई प्रचण्ड हराउने क्रममा काँग्रेसले पनि सहयोग गरेको थियो । आफ्नो उम्मेदवार नै फिर्ता लिएर पाण्डेलाई सघाउने काँग्रेसले गरेको निर्णयका कारण त्यस समयमा प्रचण्डले चितवनबाट निर्वाचन हार्नसक्ने भन्दै ठूलो हंगामा पनि मच्चिएको थियो । त्यसकारण प्रचण्ड पनि सबैखाले शक्तिको सदुपयोग गर्दै निर्वाचनमा होमिएका थिए । उनलाई एक हिसाबले पाण्डेको डर पनि लागेको थियो । तर पनि चितवनका काँग्रेसले आफ्नो उम्मेदवार नउठाएकोमा रिसाएका र उता एमाले माओवादी गठबन्धन भएकोले निर्वाचनमा प्रचण्ड नै जित्ने माहोल बन्यो र उनले जिते पनि ।

तर निर्वाचनको कटुता एक हिसाबले भन्ने हो भने जारी नै थियो । त्यसै कटुताको प्रतिशोध अहिले आएर प्रचण्डले आफूमाथि साँधेको विक्रम पाण्डेको आरोप छ । तर यता प्रचण्ड आफैले केही नबोलेको भए पनि सो पार्टीका अरु नेताहरु भने भ्रष्टाचार नियन्त्रण निकायले सुरु गरेको अनुसन्धानको कामलाई यसरी राजनीतिकरण गरिनु नहुने उनीहरुको तर्क छ । यता राप्रपा प्राजातान्त्रिक भने देशभरि अरु कोही नदेखेर विक्रम पाण्डेमाथि नै र त्यो पनि वर्षौँ पहिलेदेखिको मुद्दा उल्ट्याएर कारबाही थाल्नुमा उनीप्रतिको रिसइबी नै देखिएको बताउँछ ।
त्यसैगरी पाण्डे पनि राप्रपा र कांग्रेसको सहकार्यमा निर्माण व्यवसायी महासंघमा चुनाव जितेका ठेकेदारका नेताहरुमार्फत प्रचण्डकोमा दबाब दिन पुगेका छन् । उनीहरु खुलेरै विक्रम पाण्डेलाई जोगाउन लागिपरेका छन् भने नेकपाबाट जितेकाहरु पनि भित्रभित्रै उनको पक्षमा लबिङ गरिरहेका छन् ।

यसरी एकातर्फ पाण्डेको कालिका कन्स्ट्रक्सनमा आवद्ध ठेकेदारहरुले प्रचण्डका कार्यकर्तालाई परिचालन गर्न थालेका छन् भने अर्कातिर राप्रपा नेताहरुले यो प्रकरणमा प्रचण्डले पाण्डेमाथि पूर्वाग्रह साँधेको व्याख्या गर्न थालेका छन् । विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेपछि ठेकेदारहरुको संस्था निर्माण व्यवसायी महासंघले विज्ञप्ति नै जारी गरेर पाण्डेको बचाऊ गरेको छ । इन्जिनियर र परामर्शदाताहरुको संगठनले त झनै अख्तियारको कदमले केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई नै प्रतिकूल प्रभाव पार्ने विश्लेषण गर्न भ्याएको छ । पाण्डेविरुद्ध अख्तियारको यो कदमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैं नै यो प्रकरणबाट घेराबन्दीमा पर्ने त होइन भन्ने त्रास पनि देखिन थालेको छ ।