२७ मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको नमूना परीक्षण



अ+ अ-

भद्रपुर । अर्जुनधारा नगरपालिकामा रहेका ११ वटै वडाको माटो सङ्कलन गरी निःशुल्क परीक्षण गरिएको छ ।

नगरले माटोमा उत्पादन क्षमता कम हुँदै गएको हुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि आज शिविर नै सञ्चालन गरेर माटोको नमूना परीक्षण गरेको हो ।

नगरको कृषि विकास शाखाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा माटो परीक्षण गरिएको नगर प्रमुख हरि रानाले जानकारी दिनुभयो ।

नगरपालिकाअन्तर्गतका ११ वटै वडामा खेती गर्दै आएका ७१ जना किसानको जमीनको माटो प्राविधिक विशेषज्ञसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा माटोमा अम्लियपन नभएको र माटोको छारियपन पाइएको माटोे विशेषज्ञ हरि भुजेलले बताउनुभयो ।

भुजेलका अनुसार माटोमा एकदेखि १४ पिएचसम्म अम्लियपनाको मापन गरिन्छ । माटोमा ६ दशमलव ५ देखि ७ दशमलव ६ पिएचसम्मको मात्रालाई ठीक अर्थात् माटोका लागि अनुकूल अम्लीयपना भएको मानिन्छ ।

परीक्षणले क्रममा कतै ४ दशमलव ५ सम्म र कुनै स्थानमा नौ पिएचभन्दा बढीमात्रामा अम्लियपना देखाएको तथ्याङ्क भेटिने गरेको उहाँले बताउनुभयो ।
चालू वर्र्षदेखि नगरले वडा नं ८ मा कृषि उत्पादन पकेट क्षेत्र मानेर कार्यक्रमसमेत शुरु गरिसकेको छ । रासस