२१ मंसिर २०८२, आईतवार
,
Latest
बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाका सबै स्थानीय तहमा नेकपाको टुङ्गो लाग्यो



अ+ अ-

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।

शुक्रबार बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटीको बैठकले पाल्पा जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपाका प्रदेश सदस्य राधाकृष्ण कँडेलले जानकारी दिनुभयो । जिल्ला कमिटीमार्फत सिफारिश भएका अध्यक्ष र सचिवको प्रदेश कमिटीले टुङ्गो लगाएको हो ।

पाल्पा जिल्लाको तानसेन नगरपालिकामा अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्की, तिनाउ गाउँपालिकामा अध्यक्ष राजेश श्रेष्ठ र सचिव दलबहादुर गुरुङ, निस्दी गाउँपालिकामा अध्यक्ष हेमबहादुर खाम्चा र सचिव रामप्रसाद खत्री हुनुहुन्छ ।

त्यसैगरी पूर्वखोला गाउँपालिकामा अध्यक्ष देवीप्रसाद पँगेनी र सचिव प्रेम गैरे, बगनासकाली गाउँपालिकामा अध्यक्ष हरिप्रसाद पाठक र सचिव कोशल न्यौपाने, माथागढी गाउँपालिकामा अध्यक्ष हरि चुहान र सचिव तेजु घर्ति मगर, रम्भा गाउँपालिकामा अध्यक्ष अर्जुन श्रेष्ठ र सचिव योगेन्द्रकुमार गैरे हुनुहुन्छ ।

त्यसैगरी रामपुर नगरपालिकामा अध्यक्ष कमल भट्टराई र सचिव दामोदर पाठक, रिब्दीकोट गाउँपालिकामा अध्यक्ष चिरञ्जीवी पोखरेल र सचिव मेघराज आचार्य, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष रामप्रसाद ज्ञवाली र सचिव मानबहादुर थापा चयन हुनुभएको छ । रासस