८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

लमजुङका प्रजिअ ढकालकाे प्रसंशनीय काम

लमजुङका प्रजिअ ढकालकाे प्रसंशनीय काम
अ+ अ-

जिल्ला प्रशासन कार्यालय लमजुङकाे अायाेजनामा दूधपाेखरी गाउंपालिकाकाे बिचाैर र गाैंडामा हिजाे र अस्ति दुई दिन एकीकृत घुम्ती शिविर सम्पन्न भएकाे छ । घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयबाट १७५ जनालाई नयां नागरिकता र ८९ जनालाई प्रतिलिपी नागरिकता गरी जम्मा २६४ वटा नागरिकता वितरण गरिएकाे छ भने ४७ वटा दलित/ जनजाति सिफारिस गरिएकाे छ । एक जनाकाे व्यक्ति एउटै भएकाे सिफारिस गरिएकाे छ । यस क्रममा जिल्ला निर्वाचन कार्यालयबाट १८९ जनाकाे फाेटाे सहितकाे मतदाता नामावलीका लागि नाम दर्ता गरिएकाे छ । काेष तथा लेखा नियन्त्रक कार्यालयबाट ११ वटा नयाँ मदिरा विक्री वितरण इजाजतपत्र जारी गरिएकाे छ भने २ जना सेवाग्राहीकाे पेन्शनकाे हिसाब मिलान गरिएकाे छ । घरेलु तथा साना उद्याेग विकास समितिबाट १९ वटा उद्दाेग र २१ वटा वाणिज्य दर्ता र १ जनाकाे वाणिज्य नविकरण सेवा प्रदान गरिएकाे छ । स्वास्थ्य कार्यालयबाट जम्मा ३२९ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएकाे छ । जसमा ४३ जना महिलाकाे पाठेघरकाे मुखकाे क्यान्सर स्क्रिनिङ सेवा सेमत रहेकाे छ । कृषि ज्ञान केन्द्रबाट ५३० सेट तरकारी बीउ वितरण (कांक्राे,मूला, धनिया रायाे, सिमी) र परामर्श सेवा प्रदान गरिएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट ११६ घरधुरीका ८१६ पशुवस्तुलाई अाैषधी वितरण, २ वटा कुकुरलाई रेविज विरूद्वकाे भ्याक्सिन, १ वटा पशुकाे स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिएकाे छ । नेपाली टेलिकमबाट ११३ वटा प्रिपेड सिमकार्ड र ८ वटा पाेष्टपेड सिमकार्ड वितरण गरिएकाे छ । लमजुङ उद्दाेग वाणिज्य संघबाट २९ वटा पान नम्वर जारी गरिएकाे छ । समय अभावका कारण तय गरिएकाे सार्वजनिक सुनुवाई कार्यक्रम भने सञ्चालन गर्न सकिएन । सदरमुकामबाट धेरै टाढा दुर्गम क्षेत्रका जनसमुदायलाई घरदैलाेमा नै पुगेर सेवा दिने उदेश्यले अायाेजित एकीकृत घुम्ती सेवा शिविरमा जनताकाे उत्साहजनक सहभागिता रह्याे । सडककाे कमजाेर अवस्थाका कारण यातायातकाे असुविधा, सदरमुकामसम्म अाइ सेवा लिन जाेहाे गर्नुपर्ने ठूलाे खर्च समेतका कारणले वर्षाैदेखि नागरिकता प्राप्त गर्न नसक्नु भएका खासगरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक समेत सेवा प्राप्त गर्नुहुने सबैमा खुशीकाे अनुभूति सजिलै देख्दा कर्मचारी साथीहरूमा समेत छुट्टै खुशी,उर्जा र उत्साह देखिन्थ्याे । जाडाेकाे समयमा दुर्गम क्षेत्रमा एकीकृत रूपमा सेवा प्रदान गर्ने कार्य त्यति सहज थिएन । लगभग ५० जनाका लागि उत्कृष्ट हस्पिटालिटी अनि कार्यक्रमकाे समग्र व्यवस्थापनमा अहाेरात्र खट्नु हुने दुधपाेखरी गाउंपालिकाका प्रमुख छुपी माया गुरूङ, उपाध्यक्ष कमल प्रसाद धिताल, प्रमुख प्रशासकिय अधिकृत ध्रुव खनाल, ३ नं वडाका वडा अध्यक्ष गाेविन्द दवाडी सहित सबै वडा अध्यक्ष र कार्यपालिका सदस्यज्यूहरू सहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारिहरूकाे टिम, अहाेरात्र खटिने इलाका प्रहरी कार्यालय विचाैरका सम्पूर्ण प्रहरी कर्मचारी साथीहरू र स्थानीय जनसमुदाय धन्यवादका पात्र हुनुहुन्छ । २७ गते दिनभरकाे लामाे यात्रापश्चात् २८ गते बिहान ७.०० बजेदेखि नै लगातार दिनभर खटिइ फेरी रातकाे समयकाे लामाे यात्रा पारगरी विचाैरबाट गाैडा अाइ २९ गते बिहान ७.०० बजे देखि नै सेवामा खटिनुहुने र सदरमुकाममा नै रहेर अभिलेख भिडानमा सहयाेग गर्नुहुने सम्पूर्ण कर्मचारी साथीहरूमा हार्दिक धन्यवाद र अाभार व्यक्त गर्न चाहन्छाैं । यहांहरूकाे जनता प्रतिकाे उत्तदायित्व भाव र अाफूलाई जनताकाे स्थानमा राखेर हेर्ने दृष्टिकोण सांच्चै नै प्रशंसायाेग्य छ । एकीकृत घुम्ती शिविरकाे क्रममा प्रदेश सभाका माननीय सभासदद्वय धनञ्जय दवाडी र मधु अधिकारी ज्यूकाे साथ सल्लाह र सहयाेग प्रति हार्दिक अाभार प्रकट गर्न चाहन्छाैं । जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकाल, सशस्त्र प्रहरी वलका प्रमुख दिपक बलामी र राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय लमजुङका प्रमुख सुरेश कुमार तिवारीकाे खटाइ र लगनका लागि उहांहरूलाई धन्यवाद दिन चाहन्छाैं । यात्रा र शिविर अवधिभर निरन्तर साथदिनु हुने सञ्चारकर्मी मित्र निरज अधिकारी धन्यवादका पात्र हुनुहुन्छ । कार्यक्रममा सवारी साधन व्यवस्थापनमा सहयाेग गर्नुहुने सबै र सवारी चालक साथीहरूलाई समेत धन्यवाद दिन चाहन्छाैं । उत्कृष्ट व्यवस्थापनका लागि दधपाेखरी गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे टिम लाई हार्दिक धन्यवाद सहित कार्यक्रमकाे बारेमा निरन्तर सूचना प्रवाह गरेर सहयाेग गर्नुहुने सबै सञ्चारकर्मि मित्रहरूमा हार्दिक धन्यवाद र अाभार सहित अागामी दिनमा अायाेजना गरिने कार्यक्रममा समेत सबैकाे सहयाेगकाे अपेक्षा गर्दछाैं  । जिल्ला प्रशासन कार्यालय लमजुङबाट मंसिर २८ गते विचाैरमा एक दिन मै १७५ जनालाई नागरिकता वितरण (विशेष उल्लेखनीय)

(लमजुङका प्रजिअ ढकालकाे फेसबुक वालबाट साभार)