७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको उत्कृष्ठ गोलमा युभेन्टसको जित



अ+ अ-

इटालि । इटालियन सिरी ए लिगमा लिग लिडर युभेन्टसले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोलाई १–० गोलअन्तरले पराजित गर्दे कठिन पुर्ण जित हासिल गरेको हो । युभेन्टसको जितमा उसका स्टार खेलाडि क्रिष्टियानो रोनाल्डोले गोल गरेका हुन् ।

पहिलो हाफमा उत्कृष्ठ खेल सहित गोलरहित बराबरीमा रोकेपनि टोरिनोले खेलको दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ७०औं पाएको पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । बाँकी समयमा कुनै खेलाडि चल्न नसक्दा खेल युभेन्टसले १–० गोलले जितेको हो ।

शनिबार राति नै भएको अर्को खेलमा इन्टर मिलानले उडिनेसलाई १–० गोलले नै पराजित गरेको छ ।

जितपछि शीर्ष स्थानमा रहेको युभेन्टसले १६ खेलबाट ४६ अंक बनाएको छ । पराजित टोरिनोको भने २२ अंक रहेको छ । लिगको तेस्रो स्थानमा रहेको इन्टर मिलानको भने १६ खेलबाट ३२ अंक रहेको छ ।