१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एसबीआई बैंकको लाभांश घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

तीन कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो ।
विजय लघुवित्तको प्रतिकित्ता रु ६३१ कामय हुने गरी मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको आधार मूल्य प्रतिकित्ता रु ६९२ रहेको छ ।

किसान माइक्रोफाइनान्सको प्रतिकित्ता रु ९६३ रहने गरी शेयरमूल्य समायोजन भएको छ । सो कम्पनीको औसत आधारमूल्य रु एक हजार २४१ रहेको छ । त्यस्तै नेपाल ल्युब आयलको पनि प्रतिकित्ता रु १९३ हुने गरी मूल्य समायोजन गरिएको छ । कम्पनीको औसत आधारमूल्य रु १७३ कायम भएको स्टकले जनाएको छ । रासस