१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका



अ+ अ-


पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनीतिक परिवर्तनमा सञ्चार   जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

क्रियाशील पत्रकार महिलाहरूको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचौँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले अबको पत्रकारिता समाजको समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

सत्य, तथ्य र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढाउन प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले समाजमा महिलाप्रति हुने विभेदको अन्त्यका लागि महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

अर्का सदस्य राजीव पहारीले महिला हक अधिकारसँगै उनीहरूले भोगेका दुःख र पीडालाई पत्रकारिता क्षेत्रले उजागर गर्नुपर्नेमा जोड दिँदै पीडित महिलाको सहयोगगार्थ सञ्चारिका समूहले कोषको स्थापना गर्नुपर्ने बताउनुभयो ।

सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष जमुना शर्मा वर्षाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समूहका उपाध्यक्ष विमला भण्डारी, महासचिव कविता श्रेष्ठलगायतले पत्रकारिता क्षेत्रमा महिलाको निरन्तरता अपरिहार्य रहेको बताउनुभयो । रासस