• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

पाथिभरा क्षेत्रमा बाक्लो हिमपात



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा सुरु भएको छ । पुष महिनाको सुरुवातसँगै सुरु भएको हिउँले ३ हजार १ सय मिटर उचाइको माथिल्लो फेदीदेखि मन्दिरसम्मै ढाकेको छ । हिउँपरेको पाथीभरा क्षेत्रको दृश्य कैद गर्न र हिउँ खेल्न सदरमुकाम फुङलिङबाट आइतबार बिहान टोलिसमेत गएको थियो ।

पाथिभरा क्षेत्रमा परेको बाक्लो हिउँ एक सातासम्म नविल्ने र रहिरहने भएकाले हिउँको मजा लिन अझै पनि जान सकिने छ मौसम खुलेपछि हिउँले ढाकेको डाँडादेखि कञ्चनजंघा, मकालु, कुम्भकर्ण हिमालहरू समेत प्रष्ठ देखिने भएकाले पर्यटकहरुको संख्या बढेको छ ।

माथिल्लो फेदिदेखि माथिको क्षेत्रको पैदल मार्गमा समेत हिउँ प्रशस्तै रहेकाले पैदल यात्रीले भने सचेतना अपनाउनुपर्ने पाथिभरा बिकास कोषको सुझाव छ । हिउँमा चिप्लने र लड्ने सम्भावना हुने भएकाले लौरोको प्रयोग गर्नु उचित हुने कोषले बताएको छ ।