१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथिभरा क्षेत्रमा बाक्लो हिमपात



अ+ अ-

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा सुरु भएको छ । पुष महिनाको सुरुवातसँगै सुरु भएको हिउँले ३ हजार १ सय मिटर उचाइको माथिल्लो फेदीदेखि मन्दिरसम्मै ढाकेको छ । हिउँपरेको पाथीभरा क्षेत्रको दृश्य कैद गर्न र हिउँ खेल्न सदरमुकाम फुङलिङबाट आइतबार बिहान टोलिसमेत गएको थियो ।

पाथिभरा क्षेत्रमा परेको बाक्लो हिउँ एक सातासम्म नविल्ने र रहिरहने भएकाले हिउँको मजा लिन अझै पनि जान सकिने छ मौसम खुलेपछि हिउँले ढाकेको डाँडादेखि कञ्चनजंघा, मकालु, कुम्भकर्ण हिमालहरू समेत प्रष्ठ देखिने भएकाले पर्यटकहरुको संख्या बढेको छ ।

माथिल्लो फेदिदेखि माथिको क्षेत्रको पैदल मार्गमा समेत हिउँ प्रशस्तै रहेकाले पैदल यात्रीले भने सचेतना अपनाउनुपर्ने पाथिभरा बिकास कोषको सुझाव छ । हिउँमा चिप्लने र लड्ने सम्भावना हुने भएकाले लौरोको प्रयोग गर्नु उचित हुने कोषले बताएको छ ।