• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी

रुसमा छ बालबालिकाको मृत्यु



मस्को । रुसका विभिन्न शहरमा घरमा भएका आगलागीमा परेर छ बालबालिका सहित दश जनाको मृत्यु भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उराल पर्वतको दक्षिणी क्षेत्रमा अवस्थित बास्कोरटोस्टानमा घरमा भएको आगलागीबाट तीन जना साना बालबालिकाको मृत्यु भएको छ । घरमा एक्लै छाडिएका ती बालबच्चा दुई र चार वर्षका थिए ।

इन्टरफ्याक्स समाचार संस्थाका अनुसार दक्षिणी साराटोभ क्षेत्रको क्रास्नी कुट गाउँमा आइतबार घरमा आगो लाग्दा दुई बच्चाको मृत्यु भएको छ ।

त्यस्तै, काजानमा पनि दुई वयस्क पुरुष र एक बच्चाको घरमा भएको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । रिया नोभोस्ती समाचार संस्थाले मस्कोको पेरेसभेटमा आइतबार भएको आगलागीमा दुई पुरुष र तीन बालबच्चा घाइते भएको जनाएको छ ।

भ्रष्टाचारका कारण रुसमा आगलागी सुरक्षा नियमहरु राम्रोसँग पालना नहुने समस्या रहेको बताइन्छ ।

गत मार्चमा केमेरोभोको एउटा सपिङ सेन्टरमा आगलागी हुँदा ६४ जनाको ज्यान गएको थियो, जसमा ४१ जना बालबालिका थिए । उक्त घटनापछि सरकारले रुसका सबै सपिङ सेन्टर र अरु सांस्कृतिक तथा मनोरञ्जन स्थलहरुमा आगलागी सुरक्षा नियमहरु पूरा गरे नगरेको जाँच गर्न आदेश दिएको छ । रासस