४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

सशस्त्र प्रहरीकाे इकाइ सम्मेलन, अझ परिस्कृत हुन गृहमन्त्री थापाकाे अाग्रह

सशस्त्र प्रहरीकाे इकाइ सम्मेलन, अझ परिस्कृत हुन गृहमन्त्री थापाकाे अाग्रह
अ+ अ-

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दुई दिनसम्म संचालन हुने ‘ईकाई प्रमुख सम्मेलन २०७५’को आईतबार उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नेपाल स्थापनाको छोटो समयमै एउटा महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएकाे बताउनुभयाे ।

उहाँले देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरु बीच आपसमा गहन छलफल र बिश्लेषण गरिने यस्ता सम्मेलनबाट महत्वपूर्ण निष्कर्षमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले संगठनलाई प्राप्त जिम्मेवारीहरु पूरागर्ने क्रममा विगतमा सम्पादन भएका कामकारवाहीहरुको सम्मेलनमा सूक्ष्म ढंगले समीक्षा हुने हुँदा आगामी दिनमा अझै परिस्कृत रुपमा अगाडी बढ्न र संगठनको सुदृढीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्नुकासाथै भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामना गर्न समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगाएतका सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा संगठनका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुबाट उल्लेखनीय कार्य सम्पादन भईरहेको चर्चा गर्नुहुँदै अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वशान्ति स्थापनामा सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

गृहमन्त्री थापाले यस्ता सम्मेलनबाट परिस्कृत भई आएका निष्कर्षबाट संगठनलाई आवश्यक नीति, रणनीति र योजना तर्जुमा गर्न मात्र नभई राष्ट्रिय सुरक्षा नीति निर्माणमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

सोही अवसरमा गृहसचिव प्रेमकुमार राईले पुनसंरचना पश्चात देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरु स्थापना भएको र हुने क्रममा रहेको उल्लेख गर्नुहुँदै सवै तहका कमाण्डरहरु उपस्थित हुने गरी आयोजित यस सम्मेलनले राष्ट्रको समग्र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे सुक्ष्म विश्लेषण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस्ता सम्मेलनबाट बलका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा भोगेका व्यवहारिक समस्या, कठिनाई, सुरक्षा चुनौती र संभावित सुरक्षा चुनौतीहरु पहिल्याई ठोस योजना र स्पष्ट खाका सहितको कार्य योजना तयार गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमानामा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धार गर्ने कार्यमा राज्यले सुम्पिएको दायित्व पुरा गरी आफूलाई प्रभावकारी ढंगले परिचालन गरेर कार्यक्षेत्रमा परिणाममुखी कार्य सम्पादन गर्दै आईरहेको बताउनुभयो ।

उहाँले संगठनले मानवअधिकारको संरक्षण र संवद्र्धन, महिला तथा बालबालिकामा हुने हिंसामा शून्य सहनशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, लागूऔषध निषेध जस्ता सरकारका नीतिलाई कडाईकासाथ अवलम्बन गर्दै आईरहेको चर्चा गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार, कर्तव्यनिष्ठ, व्यावसायीक र अनुशासित भई कार्यक्षेत्रमा सकृय रहन निर्देशन समेत दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनताका खातिर सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो स्वार्थ र सुख सुविधालाई त्यागी नेपाल र नेपालीले सदैव गर्व गर्न सक्ने राष्ट्रसेवक बन्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै व्यवस्थापनको क्षेत्रमा अत्यन्त महत्वपूर्ण मानिने सहभागिता मूलक नेतृत्वको माधयमबाट गरिने नीति निर्माण संसारभर सफल भएको चर्चा गर्नुभयो ।