• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

कञ्चनपुरमा दुई बालकको हत्या, अझै बुझेनन् शव



कञ्चनपुर । कञ्चनपुरका दुई बालकको मृत्यु सुनियोजित तरिकाबाट भएको भन्दै ठूलीआमाबाबुको नाममा किटानी जाहेर परेको छ । कृष्णपुर नगरपालिका–३ देखतभूलीका बालक टेक बहादुर सुनार र धन बहादुर सुनारको मृत्यु परिवारकै सदस्यबाट भएको भन्दै आमा विमला देवी सुनारले ठूलीआमा सिता र बाबु लछी सुनारको नाममा किटानी जाहेर दिएकी हुन् ।

ठूलीआमा सिताले पकाएको चाउमिन मामाकै घरमा पुगेर मात्रै खानु भनेपछि झन शंका बढेको छिमेकी नन्दादेवी जोशीले बताईन् । उनका अनुसार बालकद्वय चाउमिन खाएर बिरामी पर्नु र सिताको घरबाट प्रहरीले विषालु पदार्थ फेला पार्नुले शंका झन बढको हो ।

मृतक बालकका आफन्तले महेन्द्रनगर बजार र महाकाली अञ्चल अस्पतालमा प्रर्दशन गर्दै दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।