३ भाद्र २०८३, बुधबार
,
Latest
गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा दुई बालकको हत्या, अझै बुझेनन् शव



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरका दुई बालकको मृत्यु सुनियोजित तरिकाबाट भएको भन्दै ठूलीआमाबाबुको नाममा किटानी जाहेर परेको छ । कृष्णपुर नगरपालिका–३ देखतभूलीका बालक टेक बहादुर सुनार र धन बहादुर सुनारको मृत्यु परिवारकै सदस्यबाट भएको भन्दै आमा विमला देवी सुनारले ठूलीआमा सिता र बाबु लछी सुनारको नाममा किटानी जाहेर दिएकी हुन् ।

ठूलीआमा सिताले पकाएको चाउमिन मामाकै घरमा पुगेर मात्रै खानु भनेपछि झन शंका बढेको छिमेकी नन्दादेवी जोशीले बताईन् । उनका अनुसार बालकद्वय चाउमिन खाएर बिरामी पर्नु र सिताको घरबाट प्रहरीले विषालु पदार्थ फेला पार्नुले शंका झन बढको हो ।

मृतक बालकका आफन्तले महेन्द्रनगर बजार र महाकाली अञ्चल अस्पतालमा प्रर्दशन गर्दै दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।