१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अमेरिका अब आफ्नै आँखाले नेपाल हेर्न’, पहिला दिल्लीको आँखाले हेर्थ्यो



अ+ अ-

काठमाडौं । अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्छ भनिन्थ्यो। तर नेपाली कूटनीतिज्ञहरूले पछिल्लो समय उसको दृष्टिकोण फेरिएको निष्कर्ष निकालेका छन्। अमेरिका जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर उनीहरूले भने ‘अमेरिकाले अब भारतका आँखाले हेर्दैन।’

परराष्ट्रमन्त्री ज्ञवालीसहितको टोली अमेरिकासँग दुई पक्षीय सम्बन्ध समीक्षा गर्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ। आन्तरिक ‘ब्रिफिङ’मा भारतका आँखाबाट हेर्ने अमेरिकी दृष्टि फेरिएको परराष्ट्रमन्त्रीलाई जानकारी गराएको एक कूटनीतिक अधिकारीले बताए।

यसअघिकी अमेरिकी राजदूत अलैना बी। टेप्लिट्जले पहिलो औपचारिक अन्तरक्रियामा भनेकी थिइन्, ‘दिल्लीबाट नेपाललाई हेर्ने भए नेपालमा किन यत्रो दूतावास राखिन्थ्यो रु ’ तीन वर्षअघिको टेप्लिट्जको धारणादेखि नै नेपालप्रतिको अमेरिकी बुझाइ फरक भएको अनुमान गरिएको थियो।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि हरेक मुलुकसँग नेपालको ‘फरक-फरक’ सम्बन्ध भएकाले अन्य मुलुकमार्फत हेर्नुभन्दा सीधा सम्पर्कमा नै नेपालले विश्वास गरेको बताए। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।