१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अमेरिका अब आफ्नै आँखाले नेपाल हेर्न’, पहिला दिल्लीको आँखाले हेर्थ्यो



अ+ अ-

काठमाडौं । अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्छ भनिन्थ्यो। तर नेपाली कूटनीतिज्ञहरूले पछिल्लो समय उसको दृष्टिकोण फेरिएको निष्कर्ष निकालेका छन्। अमेरिका जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर उनीहरूले भने ‘अमेरिकाले अब भारतका आँखाले हेर्दैन।’

परराष्ट्रमन्त्री ज्ञवालीसहितको टोली अमेरिकासँग दुई पक्षीय सम्बन्ध समीक्षा गर्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ। आन्तरिक ‘ब्रिफिङ’मा भारतका आँखाबाट हेर्ने अमेरिकी दृष्टि फेरिएको परराष्ट्रमन्त्रीलाई जानकारी गराएको एक कूटनीतिक अधिकारीले बताए।

यसअघिकी अमेरिकी राजदूत अलैना बी। टेप्लिट्जले पहिलो औपचारिक अन्तरक्रियामा भनेकी थिइन्, ‘दिल्लीबाट नेपाललाई हेर्ने भए नेपालमा किन यत्रो दूतावास राखिन्थ्यो रु ’ तीन वर्षअघिको टेप्लिट्जको धारणादेखि नै नेपालप्रतिको अमेरिकी बुझाइ फरक भएको अनुमान गरिएको थियो।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि हरेक मुलुकसँग नेपालको ‘फरक-फरक’ सम्बन्ध भएकाले अन्य मुलुकमार्फत हेर्नुभन्दा सीधा सम्पर्कमा नै नेपालले विश्वास गरेको बताए। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।