२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव कुर्लिदा प्रचण्ड खुसी, ओलि तनाबमा



अ+ अ-

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाई मात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् ।

उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफु निकटसँग गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमलाई उल्ले नगरी दुई अध्यक्ष मिलेर पार्टी चलाएको विषय मन नपरेर झगडा लगाउन खोजिएको उल्लेख गरे ।

दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चार्यमा परेका छन्, तत्कालीन एमाले र माओवादीनिकट कानुन् व्यवसायीको संगठन एकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, लगडाइँ झगडा लगाउन सकिन्छ कि रु कुर्सी अलि अलि पर सार्न सकिन्छ कि ? त्यो प्रयास भएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।