• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह

स्वास्थ्यचौकी भवन निर्माण




गलकोट । बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पुर्याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन कार्यालय बागलुङको रु दुई करोड १३ लाख २६ हजारकोे लागतमा सो भवन निर्माण गरिएको हो । भवनको पूर्वाधार निर्माण सकेर शहरी विकास तथा भवन कार्यालयमार्फत स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई कात्तिक १४ गते हस्तान्तरणको भइसकेकोे गीता÷अमित जेभी निर्माण सेवाका प्रतिनिधि थमबहादुर पुनले बताउनुभयो ।

हाल स्वास्थ्यचौकी नयाँ भवनमा स्थान्तरण हुने अन्तिम तयारीमा रहेको स्वास्थ्यचौकीले जनाएको छ । हाल सेवा दिइरहेको भवनमा तमानखोला गाउँपालिकाको कार्यालय भएको कारण बिरामीलाई दिइने सेवा केही असहज थियो बोङ्गादोभान स्वास्थ्यचौकीका स्वास्थ्य सहायक राजनकुमार थापाले भन्नुभयो, “बिरामीलाई भौतिक संरचनाको अभावमा सेवा दिनुपर्ने बाध्यता नयाँ भवनमा गएपछि समाधान हुनेछ ।”

तमानखोला गाउँपालिकामा पहिलोपटक प्रयोगशाला सेवा सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरसमेत रहेको छ । १४ कोठाको भूकम्प प्रतिरोधी दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचारकक्ष, औषधि भण्डार, गर्भवती जाँचकक्ष, परिवार नियोजनकक्ष, क्षय तथा कुष्टरोगकक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकास तथा भवन कार्यालयका इञ्जिनीयर तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । रासस