१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यचौकी भवन निर्माण



अ+ अ-


गलकोट । बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पुर्याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन कार्यालय बागलुङको रु दुई करोड १३ लाख २६ हजारकोे लागतमा सो भवन निर्माण गरिएको हो । भवनको पूर्वाधार निर्माण सकेर शहरी विकास तथा भवन कार्यालयमार्फत स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई कात्तिक १४ गते हस्तान्तरणको भइसकेकोे गीता÷अमित जेभी निर्माण सेवाका प्रतिनिधि थमबहादुर पुनले बताउनुभयो ।

हाल स्वास्थ्यचौकी नयाँ भवनमा स्थान्तरण हुने अन्तिम तयारीमा रहेको स्वास्थ्यचौकीले जनाएको छ । हाल सेवा दिइरहेको भवनमा तमानखोला गाउँपालिकाको कार्यालय भएको कारण बिरामीलाई दिइने सेवा केही असहज थियो बोङ्गादोभान स्वास्थ्यचौकीका स्वास्थ्य सहायक राजनकुमार थापाले भन्नुभयो, “बिरामीलाई भौतिक संरचनाको अभावमा सेवा दिनुपर्ने बाध्यता नयाँ भवनमा गएपछि समाधान हुनेछ ।”

तमानखोला गाउँपालिकामा पहिलोपटक प्रयोगशाला सेवा सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरसमेत रहेको छ । १४ कोठाको भूकम्प प्रतिरोधी दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचारकक्ष, औषधि भण्डार, गर्भवती जाँचकक्ष, परिवार नियोजनकक्ष, क्षय तथा कुष्टरोगकक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकास तथा भवन कार्यालयका इञ्जिनीयर तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । रासस