१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय भवन बनाउने सम्झौता



अ+ अ-


गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा एक करोड ७९ लाख २१ हजार सहयोगमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयरको आर्थिक सहयोगमा सौरपानीमा रहेको हिमालय माध्यामिक विद्यालयको भवन निर्माण हुनलागेको हो ।

भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त विद्यालयमा सुविधासम्पन्न आठकोठे भवन निर्माणका लागि गोरखा वेलफेयर र विद्यालय व्यवस्थापन समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले जानकारी दिनुभयो । “वेलफेयरले पहिले पनि १२ कोठाको विद्यालय भवन निर्माण गरिदिएको थियो, तर माध्यामिकस्तरको विद्यालय भएकाले कक्षा सञ्चालन गर्न कक्षाकोठाको अझै अभाव भएपछि उहाँहरूले पुनः भवन बनाइदिने सम्झौता गर्नुभएको हो”, अध्यक्ष गुरुङले भन्नुभयो ।

सहमतिपत्रमा वेलफेयरका तर्फबाट गोरखा वेलफेयर सेन्टर एरिया वेलफेयर अफिसर श्रीप्रसाद तामाङ, गोरखा वेलयफेयर सेन्टरका इञ्जिनीयर थलबहादुर रानाले हस्ताक्षर गर्नुभएको छ भने विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले हस्ताक्षर गर्नुभएको छ ।

आगामी छ महीनाभित्रमा भवन निर्माणको काम पूर्णरूपमा सम्पन्न गर्ने सम्झौता भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । रासस